
काठमाडौँ । नेपालको कृषि क्षेत्रमा लगानीको सुरक्षा नहुदा कृषि पेशाप्रतिको आकर्षण घट्दै गइरहेको छ । अवसर र संभावना हुदाहुदै पनि कृषकले लगानीको जोखिम मोल्न नसक्दा कृषकहरु सधै मारमा पर्ने गरेका छन् । तर अव सरकराले कृषको लगानीलाई सुरक्षित राख्न कृषि बीमा योजना सञ्चालन गरिसकेको छ ।
कृषि बीमा अन्र्तगत पशु, पंछी पालन, माछा पालन, तथा धान, तरकारी, फलफुल खेतीआदि व्यवसायहरूको बीमा गर्न सकिन्छ । यस्तो बीमा गरेमा आगलागि, दैवीप्रकोप (भूकम्प, बाढी, पहिरो, आँधीबेरी), रोग, किरा आदिबाट कुनै पनि प्रकारको हानी भएमा कृषकलाई नोक्सानी बराबरको रकम उपलब्ध गराईन्छ ।कृषि व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन पनि कृषि बीमा गर्नुपर्ने हुन्छ ।
यस्ता कृषि उत्पादनको बीमा गर्न सकिन्छ
१. माछा बिमा
यदि तपाई माछा पालन गरिरहनु भएको छ भने सरकारी अनुदानमा माछाको बीमा गर्न सकिन्छ ।माछापालनमा आउन सक्ने संभावित जोखिमबाट हुनसक्ने आर्थिक नोक्सानीबाट बच्नको लागि माछा बीमा गर्न सकिन्छ ।माछा बिमाका लागि सरकारले ४७ लाख ४९ हजार रुपैयाँ अनुदान समेत वितरण गर्दै आएको छ ।बीमा समितिको तथ्यांक अनुसार गत आवको अन्त्यसम्ममा कम्पनीहरूले २९ करोड ५८ हजार रुपैयाँ बराबरको माछा बिमा समेत गरिसकेका छन् । यो रकम अघिल्लो वर्षको तुलनामा ७२ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्षमा कम्पनीहरूले १६ करोड ८२ लाख रुपैयाँ बराबरको बिमा योजना जारी गरेका थिए । त्यस्तै, सो अवधिमा कम्पनीले माछा बिमा बापत ६३ लाख ३२ हजार बिमाशुल्कआम्दानीगर्न गरेका छन् ।सो अवधिमा कम्पनीहरूले १२ लाख १० हजार दाबीभुक्तानी पनि गरेका छन् । कम्पनीहरूले जारी गरेको कुल कृषिबिमा अन्तर्गत माछा बिमाको हिस्सा ५ प्रतिशत छ । अघिल्लो आवमापनि माछा बिमाको हिस्सा सोही अनुपातमा थियो ।
२. बाली बीमा
कृषकहरुको परिश्रमलाई खेर जान नदिन सरकारले बाली बीमाको पनि व्यवस्था गरेको छ ।असिना, बाढी, पहिरो लगायतका कारणले बालीमा क्षति पुग्ने भएकाले पनि कृषकले बालि बीमा गराउन अनिवार्य हुन्छ ।
बीमा समितीको तथ्याकंले देखाय अनुसार गत आर्थिक वर्षमा बिमा कम्पनीहरूले ४३ करोड ८७लाख रुपैँया बराबरको बाली बिमा गरेका थिय् । यो रकमअघिल्लो वर्षको तुलनामा करिब तीन गुणाले बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीहरूले १४ करोड ६९ लाख रुपैयाँबराबरको बालीबिमा गरेका थिए ।सोहिअवधिमा कम्पनीहरूले बालीबिमा बापत २ करोड १६ लाख बिमाशुल्क आर्जन गरेका छन् भने दाबीबापत ९७लाख ३९ हजार भुक्तानी गरेका छन् । त्यस्तै, सो अवधिमा सरकारले बालीबिमाका लागि १ करोड ६३ लाख अनुदान वितरण गरेको देखिन्छ । कम्पनीले जारी गरेका कुल कृषिबिमा योजना अन्तर्गत बालीबिमाको हिस्सा ७ प्रतिशत छ । अघिल्लो आवमा भने बाली बिमाको हिस्सा ५ प्रतिशतमात्रै थियो ।
३. पशु बिमा
पशु बिमाप्रति कृषकहरू पहिलेदेखि नै तुलनात्मक रूपले आकर्षित देखिएका छन् । कम्पनीहरूले जारी गर्नेकुल कृषिबिमा योजनाहरूमा पशुको बिमाको हिस्सा अधिक छ । गतवर्ष बिमा कम्पनीहरूले ४ अर्ब ७० करोड बराबरको पशु बिमा योजना जारी गरेका थिए । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीहरूले जम्मा २ अर्ब ४७ करोड बराबरको कृषिबिमा योजनाजारी गरेका थिए ।त्यस्तै, सो अवधिमा पशु बिमा बापत कम्पनीहरूले २३ करोड २९ लाख रुपैयाँ बिमाशुल्कआर्जन गर्न सफल भए भने १४ करोड ६० लाख रुपैयाँ बिमा दाबी भुक्तानी गरका थिए । सो अवधिमा सरकारले पशु बिमाका लागि १७ करोड ४७लाख रुपैयाँ अनुदान वितरण गरेको छ ।
कम्पनीहरूले जारी गरेका कुल कृषिबिमा मध्ये बिमांक रकमको आधारमा पशु बिमा योजनाको हिस्सा ७९ प्रतिशत रहेको देखिन्छ । अघिल्लो वर्ष७८ प्रतिशत थियो ।
३. पन्छी बिमा
गतवर्ष कम्पनीहरूले ५६ करोड ४४ लाख बराबरको पन्छि बिमा गरेका छन् । यो रकम अघिल्लो आवको सोहीअवधिको तुलनामा ४३ प्रतिशतले बढी हो । अघिल्लो आवमाकम्पनीहरूले ३९ करोड ३९ लाखबराबरको पन्छी बिमा लेख जारी गरेकाथिए ।त्यस्तै, पन्छि बिमाबापतगतआवमाकम्पनीहरूले १ करोड ५७लाखबिमाशुल्कआर्जन गरे भने २५ लाख ५१ हजार रुपैयाँदाबीभुक्तानीसमेत गरेका छन् । सो अवधिमा पन्छी बिमाकलागि सरकारले १ करोड १८ लाखअनुदानवितरण गरेको देखिन्छ ।
कृषिबिमाको फाइदा
बिमाभनेको आर्थिक सुरक्षाहो । कृषिबिमाले कृषकहरूको सम्पत्तिको सुरक्षागरिदिन्छ । हरेक कृषकहरूको लगानीलाई सुरक्षित बनाउनु कृषिबिमाको उद्देश्य हो ।त्यसैले सरकारले पनि यसप्रति कृषकहरूलाई आकर्षित गर्न ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ । बाकिँ २५ प्रतिशत कृषक आफैले भुक्तानी गरे पछि आफ्नो लगानीको सुरक्षा गर्न सक्छन् ।
कृषकको पहुँच
पछिल्लो समय कृषिबीमामा कृषकहरुको अकर्षण बढ्दै गएको देखिएपनि कृषिबीमा योजनामा सबै कृषकहरुको पहुँच भएको देखिदैन । विशेष गरी न्यून आयवर्गलाई लक्षित गरेर ल्याएको कृषिबिमाको माध्यमबाट कृषकहरूलाई बिमाबारे सचेतना फैलाई कृषिबिमा गर्न प्रोत्साहित गर्ने उद्देश्यले बिमा गर्दा लाग्ने बिमाशुल्क भार कम गर्नको निमित्त सरकारले विशेष अनुदान प्रदान गर्दै आएको छ । सरकारले अनुदानदिदैं आएपनि कृषकहरुको पहुँचपुग्न सकेको छैन । कृषिबीमाको सुचना कृषकसम्म पु¥याउन विभिन्न तालिमहरू आयोजना गरेपनि, सरोकारवाला निकायहरु विच समन्वय र कृषक स्तरमा कृषिबीमा सम्बन्धि सचेतनाको कमि रहेको देखिन्छ । जसले गर्दा कृषिबीमामा कृषकहरुको पहुँच प्रभावकारी देखिदैन । सरकारले कृषिबीमामा ७५ प्रतिशतअनुदान दिए पनि कृषकहरु बीमा प्रति आर्कषण बढ्न नसक्नुमा समन्वय र जनचेतनामुलक कार्यक्रम प्रभाकारी नभएको प्रष्ट हुन्छ् ।
कृषिबिमामा बीमा कम्पनीको हिस्सा
बिमा समितिले कृषिबिमालाई अनिवार्य गरी कम्पनीहरूलाई जिल्ला नै तोकेर गाउँ पठाएका छज् । तर पनि केही कम्पनीहरू भने कृषिमाआर्कषण हुन सकेको छैन । बिमांक रकमको आधारमा कम्पनीहरूले जारी गरेको कुल कृषि बिमा मध्ये राष्ट्रिय बिमा संस्थानको हिस्सा जम्मा शून्यदशमलव ४४ प्रतिशत देखिएको छ । त्यस्तै, एलायन्स इन्स्योरेन्स कम्पनीको हिस्सा जम्मा १ दशमलव १५ प्रतिशत छ ।
दिओरियन्टल इन्स्योरेन्स कम्पनी, नेसनल इन्स्योरेन्स को हिस्सा दुई प्रतिशत भन्दा कम छ । तर, एनलएलजी इन्स्योरेन्स कम्पनीको हिस्सा सबैभन्दा धेरै २९ दशमलव ४१ प्रतिशत हिस्सा छ । त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सको १५ दशमलव ८८ प्रतिशत हिस्सा छ । शिखर इन्स्योरेन्सको ९ दशमलव ५२ प्रतिशत हिस्सा छ ।



