डोनाल्ड ट्रम्पको नया कमाल, भोइस अफ अमेरिकाको भोइस म्युट

अन्तराष्ट्रिय समाचार

एजेन्सी – अमेरिकी सरकारको लगानीमा सञ्चालन हुने अन्तर्राष्ट्रिय समाचार संस्था भोइस अफ अमेरिका (VOA) लाई डोनाल्ड ट्रम्प प्रशासनले बन्द गर्ने तयारी गरेको छ। यस निर्णयसँगै VOA का १,३०० भन्दा बढी पत्रकार, निर्माता, र कर्मचारीहरूलाई प्रशासनिक बिदामा पठाइएको छ।

यो कदम अमेरिकी सरकारद्वारा सञ्चालित सञ्चार संस्थाहरूलाई कमजोर बनाउने योजना अन्तर्गत भएको ट्रम्प बिरोधि हरु को भनाइ रहेको छ । अमेरिकन पत्रकारहरुले यसले प्रेस स्वतन्त्रता, अमेरिकी कूटनीति, र अधिनायकवादी देशहरूबाट फैलाइने गलत सूचना रोक्ने प्रयासमा गम्भीर धक्का पुर्‍याउने भन्दै चिन्ता व्यक्त गरेका छन्।

VOA का एक वरिष्ठ पत्रकार अब्रामोविट्ज ले भने, “८३ वर्षको इतिहासमा पहिलो पटक VOA बन्द भएको छ। आज बिहान म लगायत १,३०० भन्दा बढी कर्मचारीहरूलाई प्रशासनिक बिदामा पठाइएको थाहा पाउँदा दुःख लागेको छ। सुधार आवश्यक छ, तर यो निर्णयले VOA लाई नै अचल बनाउनेछ।”

पत्रकारिता तथा लोकतन्त्रका पक्षधरहरू यस निर्णयलाई अमेरिकी प्रेस स्वतन्त्रतामाथिको गम्भीर खतरा भन्दै विरोध गरिरहेका छन्।