बनेपाको पुल बजार डुबानमा

समाचार

आइतबार परेको भारी वर्षाले बनेपा डुबानमा परेको छ । दिउँसो अकस्मात भारी मात्रामा पानी परेपछि अरनीको राजमार्ग अन्तर्गत बनेपा पुलबजार क्षेत्रमा ३ घण्टा सवारी आगमन रोकिएको थियो । पुल बजारमा बाढी छिर्दा, केही सवारीसाधन डुबानमा परेका थिए। २०७६ सालको पहिलो दिन नयाँ वर्ष मनाउन बनेपा पुगेका पर्यटकलाई यातायात अवरुद्ध भएपछि काठमाडौं फर्किन समस्या परेको थियो। प्रहरीले बनेपा हुँदै भक्तपुर आउने सडकको विकल्पमा कुशादेव, ग्वार्खो, नाला भक्तपुरको सडकबाट गाडि पास गराइरहेको छ। हरेक वर्ष बनेपाको पुल बजार क्षेत्रमा पुण्यमती खोलाले डुबान हुने गरेको छ।०७६ सालको पहिलो दिन दिउँसो ३ बजेको भारी वर्षाले नयाँ वर्ष मनाउन काभ्रे आएका पर्यटकलाई खिन्न बनाएको छ ।