एकाबिहानै ६.१ म्याग्निच्युडको भूकम्प : सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु

समाचार

शुक्रबार बिहान ०२:५१ मा काठमाडौं लगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको भैरव कुण्ड रहेको छ ।

भैरव कुण्ड केन्द्रबिन्दु भएर बिहान २:५१ मा . म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको महसुस सिन्धुपाल्चोक आसपासका पूर्वी क्षेत्रसहित दाङलगायत पश्चिमी क्षेत्रमा पनि भएको थियो ।

मापन केन्द्रका अनुसार हालसम्म कुनै क्षति विवरण आएको छैन ।