दिनेश डिसीको दावी : १० वर्षदेखि गर्न नसकिएका कामहरु चार महिनामै सुरु भयो

मनोरंजन

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले विगत १० वर्षदेखि गर्न नसकिएका कामहरु पछिल्लो चार महिनामा सुरु भएको बताएका छन् ।

शुक्रवार नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको समारोहमा बोल्दै उनले तत्कालै १३ सय रोपनी जमिन धुलिखेल नगरपालिकासँग सम्झौता गरेको जानकारी दिए ।

उनले भने,‘चलचित्र विकास बोर्डले तत्कालै १३ सय रोपनी जमिन धुलिखेल नगरपालिकासँग सम्झौता गरेको छ  । एक हप्ताको निर्णयमा हामीले भोगचलन गर्न पाउने गरी ल्याएका छौ । प्रकृयामा छौ । बनेपामा एउटा इनडोर स्टुडियोको काम पनि भइरहेको छ ।’

उनले सरकारी ४२ रोपनीको जग्गामा स्टुडियो बनाउन टेन्डर आब्हान गरेको जानकारी दिएका छन् । उनले टेन्डर एक महिनामा आउने र बैशाखमा काम सुरु गर्नेपनि बताए ।