Hilife को “Transform with Hilife” अभियान: स्वस्थ जीवनशैलीको लागि रोमाञ्चक चुनौतीहरू र उपहारहरू!

विविध

नयाँ वर्ष २०२५ देखि स्वस्थ जीवनशैली सुरु गर्ने अठोट र संकल्प लिएका सबैलाई प्रोत्साहित गर्दै हाइलाइफ फुड्सले “Transform with Hilife” नामक रोमाञ्चक अभियान ल्याएको छ ।

यस अभियानमा सहभागीहरूलाई आफ्ना नयाँ वर्ष २०२५ का संकल्पहरूलाई निरन्तरता दिन मात्र होइन, आकर्षक उपहारहरू तथा हाइलाइफका स्वास्थ्यकर सामग्रीहरू जित्ने अवसर समेत प्रदान गरिने कम्पनीले जनाएको छ । स्वस्थ जीवनशैली र पौष्टिक आहारलाई प्रोत्साहन गर्दै Hilife ले द्विसाप्ताहिक (Bi-Weekly) चुनौतीहरू प्रस्तुत गर्नेछ, जसमा फिटनेस, सन्तुलित आहार तथा पौष्टिक जीवनशैलीसँग सम्बन्धित विभिन्न गतिविधिहरू समावेश रहनेछन्।Push Up Challenge, Healthy Breakfast Challenge जस्ता अन्य चुनौतीहरुको साथमा हाइलाइफले उपहारहरु पनि ल्याउने गरेको छ।

चुनौतीहरु पुरा गर्दै, Video बनाएर आफ्नो Facebook वा Instagram मा #Transformwithhilife, #Sayhitohealthylife जस्ता Hashtag राखेर हाइलाइफको “Transform with Hilife” अभियानमा भाग लिन सकिने जनाइएको छ ।

Gym Subscription, Fitness Watch, Blender, Zumba Classes, Hilife Goodies र अन्त्यमा, 1 लाख Worth को Treadmill जित्ने मौका रहेको यो अभियान, स्वास्थ्य जीवन जीउन चाहनेहरुलाई एक सुनौलो मौका हो ।

हाइलाइफको “Transform with Hilife” अभियानमा संलग्न भएर कति जनाले आकर्षक उपहार पनि जितिसकेको र healthy life को सुरुवात पनि गरिसकेका छन् ।स्वस्थ जीवनशैलीको महत्व र स्वस्थ रहनुको अठोटलाई रोमाञ्चक र प्रेरणादायी रूपमा प्रस्तुत गर्दै हाइलाइफको यो अभियान सिर्जनात्मक उदाहरण बन्न पुगेको कम्पनीले जनाएको छ । यस “Transform with Hilife” अभियानमा भाग लिएर अब स्वास्थ्य जीवनलाई Hilife को साथमा Hi भन्ने पालो तपाईको !