काठमाडौं, केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांक समेटर तयार पारेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार आर्थिक वर्ष २०८१/८२ को छ महिनामा नेपाल सरकारको कुल खर्च रु.६६७ अर्ब ६० करोड रहेको छ । समीक्षा अवधिमा चालु खर्च रु.४५२ अर्ब, पूँजीगत खर्च रु.५६ अर्ब ९४ करोड र वित्तीय व्यवस्था खर्चरु.१५८ अर्ब ६६ करोड रहेको छ ।
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.५५९ अर्ब ६१ करोड पुगेकोछ । यस अन्तर्गत कर राजस्व रु.४८९ अर्ब ४० करोड र गैर कर राजस्व रु.७० अर्ब २१ करोड परिचालन भएको छ |
२०८१ पुस मसान्तमा रास्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.२९७ अर्ब ७० करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८१ असार मसान्तमा यस्तो मौज्दात रु.८३ अर्ब ९९ करोड रहेको थियो।



