‘राइट टु प्रोटिन रन हाफ म्याराथन’ को चौथो संस्करण माघ १२ गते

खेलकुद

नेपाल भेटेरिनरी एशोसिएसनले माघ १२ गते शनिबारका दिन ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’ (चौथो संस्करण) को आयोजना गरेको छ ।

बुधबार एशोसिएसनले पत्रकार सम्मेलन गर्दै  ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’ माघ १२ गते विहान ६ः३० बजे दशरथ रंगशालाबाट सुरु भई सोही स्थानमा आई दौड कार्यक्रम समापन हुने जनाएको हो ।

कार्यक्रममा विभिन्न विधामा ८००० भन्दा बढी व्यतिहरुले सहभागीताको लागि रजिष्ट्रेशन गरेका छन् ।

प्रोटिन माथिको अधिकारको मर्मलाई आत्मसाथ गर्दै राष्ट्र निर्माणका आधार एबम अमूल्य सम्पतिका रुपमा रहेका नागरिकहरुलाई स्वस्थ राखी राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि एवं राष्ट्रिय एकता कायम खाद्य सुरक्षाको हक सुनिश्चित र दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न प्रोटिनजन्य पदार्थमा पहुँच बढाउनको लागि जनचेतना फैलाउने उद्देश्यले आयोजना गरेको जनाएको छ ।

सहभागीता र पुरस्कार राशीका हिसाबमा नेपालकै सब भन्दा ठुलो प्रतियोगिता रहने यो म्याराथन विगत ३ बर्ष देखि आयोजना  गरिँदै आएको  छ ।

गत वर्षको हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ दिपक अधिकारी प्रथम भएका थिए । यस प्रतियोगितामा हाफ म्याराथन पुरुष तथा महिला, पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षा सम्मका विद्यार्थीहरुलाई ५ किमि (पुरुष) र ३ कि मी (महिला), फरक क्षमता भएका व्यतिहरुको लागि ह्विलचेयर , पुरुष तथा महिला र बालबालिकाहरुको लागि “च्गल ायच ँगल“ विधाका दौडहरु समावेश गरिएका छन् ।

यस कार्यक्रमको जम्मा पुरस्कार राशी कर सहित रु १७,६३,३३३.३३ रहेको छ । हाफ म्याराथनमा प्रथम पुरस्कार रु एक लाख पचास हजार रहेको छ भने पाँचौं स्थान सम्म प्राप्त गर्नेलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

भाग लिएको विधामा दौड पुरा गर्ने प्रतियोगीहरुलाई टिसर्ट, खाजा तथा मेडलको व्यवस्था समेत रहेको छ । यस प्रतियोगितामा खेलाडीहरुको सुबिधाको लागि रुटका विभिन्न स्थानहरुमा पानी, प्राथमिक उपचार र आकस्मिक सेवाको लागि एम्बुलेन्सहरूको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको व्यवस्थापनको लागि ५०० जना स्वयं सेवकहरु परिचालन गरिने छ । नेपाल एथलेटिक एशोसिएसनको मान्यता एवं प्राबिधिक सहयोगमा संचालन हुने यस प्रतियोगितालाई युनाइटेड स्टेड सोयाबीन एक्सपोर्ट काउन्सिल युएसएसइसीको मुख्य प्रायोजन, पशु सेवा बिभाग र नेपाल दाना उद्योग संघको बिशेष सहयोग रहेको छ ।

साथै कार्यक्रमको हस्पिटल पार्टनर प्राइमरा अस्पताल, टिकेटिङ पार्टनर इसेवा र  फुड पार्टनर केबी एग्रो र हस्पीटालिटी पार्टनर होटल काठमाडौं मेरियट होटल र फेयरफिल्ड मेरियट रहेका छन् ।