काठमाडौं, २७ चैत । विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतमा विहिवार (भोली) बाट लोकसभा निर्वाचन हुदैछ । भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । ११ अप्रिलबाट शुरूहुने भारतीय लोकसभा निर्वाचन १९ मेमा सम्पन्न हुने छ । लोकसभा निर्वाचन सुरु हुनथालेसंगै भारतको आगामी नेतृत्वका बारेमा अनेक अडकलवाजी सुरु भएको छ ।
विहिवार अर्थात अप्रिल ११ देखि भारतमा लोकसभा निर्वाचन सुरु हुदैछ । आगामी मे १९ सम्म सात चरणमा सम्पन्न हुने भारतीय लोकसभा निर्वाचन सुरु हुनथालेसंगै विश्वको सवैभन्दा ठूलो लोकतान्त्रिक मूलुक भारतको आगामी नेतृत्वको बारेमा अनेक अडकलवाजी सुरु भएको छ । चुनावका लागि सत्तारुढ दलदेखि लिएर नाममात्रका स–साना दलहरु पनि चुनावी मैदानमा होमिएका छन् ।




