हयात होटल्स कर्पोरेशन र सिटि होटल लिमिटेडले आफ्नो लोकप्रिय होटल हयात प्लेस काठमाडौँलाई अब हयात सेन्ट्रिक सोल्टीमोड काठमाडौँको रूपमा पुनःब्राण्डिङ भएको घोषणा गरेका छन्।
यो होटल नेपालमा हयात सेन्ट्रिक ब्राण्डको पहिलो प्रतिनिधित्व हो। काठमाडौँको समृद्ध सांस्कृतिक सम्पदासँग आधुनिक सुविधा संयोजन गर्ने उद्देश्यसहित डिजाइन गरिएको यो होटलले अतिथिहरूलाई राजधानीको विशेष आकर्षण र नयाँ अनुभव साथै बिशेष स्वाद प्रदान गर्ने लक्ष्य राखेको छ।

८,६०० वर्ग फिटमा फैलिएका इभेन्ट स्पेसहरू बैठक, विवाह, र अन्य कार्यक्रमहरूको लागि विशेष डिजाइन गरिएको छ। सेंट्रिक लाउन्जमा अतिथिहरूले विशेष कफी, सिग्नेचर ककटेल, र स्थानीय स्वादले भरिएका परिकारहरूको अनुभव गर्न सक्छन्। खानपानतर्फ, “नून रेस्टुरेन्ट”ले स्थानीय स्वाद र अन्तर्राष्ट्रिय परिकारहरूको उत्कृष्ट मिश्रण प्रस्तुत गर्दछ भने “जिङ स्काई पूल बार र डेक”ले काठमाडौँको भव्य दृश्यसहितको रमाइलो पूलसाइड अनुभव प्रदान गर्छ।

१५३ कोठाहरू रहेको यो होटलले नवीकरण पछिको डिजाइन र सेवाका माध्यमबाट स्थानीय संस्कृतिलाई प्रस्तुत गर्ने विशेष प्रयास गरेको छ।
नेपालको आतिथ्य क्षेत्रमा नयाँ आयाम थप्ने यो ब्राण्डले यात्रुहरूको अपेक्षालाई पूरा गर्दै उनीहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्ने प्रतिबद्धता होटल ब्यबस्थापनको रहेको छ |



