रवि लामिछानेको बयान सकियो

राजनीति समाचार

कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ । हिजोबाट सुरु भएको बयान आज सकिएको हो । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको दुई दिन बयान भएको हो ।

सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी लामिछानेलाई २ दिनमा २६ भन्दा बढी प्रश्न गरिएको थियो । रविलेआरोपमा इन्कारी बयान दिएका छन् ।

प्रहरीका अनुसार अहिलेसम्म छविलाल जोशी, लिला पछाईं र रविको बयान सकिएको छ । अरू प्रतिवादीको पनि बयान लिने काम सकिएपछि मात्रै थुनछेक बहस हुनेछ ।