तपाईंको बालबालिकाले कडा मेहनत गरे पनि परीक्षामा परिणाम अपेक्षा अनुसार आइरहेको छैन? बारम्बार पाठ दोहोर्याउँदा पनि किन उसलाई केही विषयहरू बुझ्न गाह्रो भइरहेको छ? यस्ता समस्याहरूले धेरै विद्यार्थी, अभिभावक, र शिक्षकहरूलाई चिन्तित बनाइरहेको हुन्छ।
समस्या कहाँ छ?
धेरैजसो अवस्थामा समस्या विद्यार्थीको प्रयासमा होइन, तर आधारभूत अवधारणाको कमजोरीमा हुन्छ। वर्तमान कक्षाको विषयवस्तु अघिल्लो कक्षामा सिकाइएका आधारभूत अवधारणाहरूमा आधारित हुन्छ।
तर परम्परागत परीक्षा प्रणालीले यी समस्याहरू पत्ता लगाउन सक्दैन। यसले केवल अङ्क प्रदान गर्छ तर किन विद्यार्थी कमजोर छ भन्ने कारण बताउँदैन।
उदाहरणका लागि, कक्षा ६ मा “प्रतिशत”(Percentage) सिक्नका लागि विद्यार्थीहरूले कक्षा ५ मा सिकाइएको “अंश” राम्रोसँग बुझ्नुपर्छ। “अंश” (Fraction) बुझ्नका लागि कक्षा ४ मा सिकाइएको “भाग”(Division) को ज्ञान आवश्यक हुन्छ। त्यसैगरी, “भाग” बुझ्न कक्षा ३ मा सिकाइएको “गुणा”(Multiplication) को राम्रो ज्ञान हुनुपर्छ। यदि यी आधारभूत अवधारणाहरूमा कमजोरी रह्यो भने, विद्यार्थीलाई आफ्नो हालको कक्षाको पाठ सामग्री बुझ्न कठिनाई हुन सक्छ।
मेहनत गलत दिशामा
यस्तो अवस्थामा, विद्यार्थीहरूले मेहनत गर्छन्, शिक्षकहरूले सोही कक्षाका पाठहरू बारम्बार सिकाउँछन्, र अभिभावकहरूले बालबालिकालाई अझ धेरै पढ्न प्रेरित गर्नुहुन्छ। तर, यदि विद्यार्थीले आधारभूत कुरा नै बुझेका छैनन् भने, जति पढे पनि उसलाई विषयवस्तुमा दखल हुँदैन।
कतिपय विद्यार्थीहरूले तनावबाट बच्नका लागि कण्ठ गर्ने , घोक्ने गर्न थाल्छन् । यसले परीक्षामा राम्रो नम्बर ल्याउन त सघाउँछ, तर गहिराइमा बुझाइ नहुँदा पछि गएर अझै जटिल समस्या आउँदा उनीहरू अलमलमा पर्छन् ।
अर्कातिर, कतिपय विद्यार्थीहरू त्यस्तो विषयबाटै भाग्न खोज्छन्। यसले उनीहरूको आत्मविश्वासलाई कमजोर बनाउँछ र सो विषयको पढाइप्रतिको रुचि पनि घटाउँछ।
समय व्यवस्थापनमा चुनौती
विद्यार्थीहरूका लागि धेरै विषयहरू र अध्यायहरू पढ्नुपर्ने हुन्छ। सीमित समय भएकाले उनीहरूले कुन-कुन पाठहरूमा समय दिनु उपयुक्त छ भनेर थाहा पाउन जरुरी हुन्छ ।
यदि विद्यार्थीलाई थाहा छ कि ऊ कुन पाठहरूमा राम्रो छ भने, उसले ती पाठहरूमा कम समय खर्च गरेर कमजोर पाठहरूमा बढी ध्यान दिन सक्छ। तर, जब विद्यार्थी, अभिभावक, र शिक्षकलाई विद्यार्थीको बलियो र कमजोर पक्षको ठ्याक्कै जानकारी हुँदैन, त्यसले अध्ययनलाई अनावश्यक रूपमा कठिन बनाउँछ।
शिक्षकको चुनौती
शिक्षकले पनि कक्षामा सिकाइका लागि सीमित समय पाउँछन्। यदि शिक्षकलाई कक्षाका अधिकांश विद्यार्थी कुन पाठहरूमा कमजोर छन् भन्ने जानकारी छैन भने, सबै पाठहरूलाई बराबरी समय दिएर सिकाउँछन्। तर, यदि शिक्षकलाई विद्यार्थीहरूको ज्ञानको स्तर थाहा भएमा, उनीहरूले कठिन पाठहरूमा बढी समय दिने र सजिलो पाठहरूमा कम समय खर्च गर्ने रणनीति बनाउन सक्छन्।
यी सबै समस्याहरूको समाधानको लागि “My Knowledge Insights“ एक प्रभावकारी उपकरण हो।
यो प्रणालीले विद्यार्थीको अध्ययनको गहिरो विश्लेषण गरेर, उसलाई वर्तमान कक्षाको विषय किन बुझ्न गाह्रो भइरहेको छ, अघिल्ला कक्षाहरूमा सिकाइएका कुन आधारभूत अवधारणाहरूमा कमजोरी छ भन्ने पत्ता लगाउँछ।

उदाहरणका लागि, यदि कक्षा ६ का धेरैजसो विद्यार्थीहरू “प्रतिशत” को अध्ययनमा कठिनाइ भोगिरहेका छन् भने, शिक्षकले यस विषयमा थप समय दिन सक्दछन्। यदि “प्रतिशत” सिकाउनका लागि आवश्यक पर्ने “अंश” र “भाग” जस्ता आधारभूत विषयहरूमा समस्या छ भने, शिक्षकले पहिले ती आधारभूत विषयहरू राम्रोसँग सिकाएर विद्यार्थीहरूको बेस बलियो बनाउन सक्दछन्।
अब सही दिशामा मेहनत गर्ने समय आएको छ
विद्यार्थीको अध्ययन प्रभावकारी र लक्ष्यमुखी बनाउनका लागि उनीहरूको बलियो र कमजोर पक्ष पहिचान गर्नु अनिवार्य छ । My Knowledge Insights ले यो प्रक्रियालाई सरल, प्रभावकारी, र सटीक बनाउँछ।
तपाईंको बालबालिकाले कडा मेहनत गरेर मात्र होइन, सही दिशामा मेहनत गरेर मात्रै उत्कृष्ट परिणाम हासिल गर्न सक्छन् । My Knowledge Insights ले विद्यार्थी, अभिभावक र शिक्षकलाई यस यात्रामा सघाउनेछ। आजै प्रयास गर्नुहोस्।
www.myknowledgeinsights.com मा गएर यो सेवा निःशुल्कमा प्रयोग गर्नुहोस् र आफ्नो बच्चाको सिकाइलाई अझ प्रभावकारी बनाउनुहोस्।
यो प्रविधि २० वर्षदेखि शिक्षा क्षेत्रमा प्रविधिको विकासमा कार्यरत MiDas Education द्वारा विकास गरिएको हो।



