
नेपाल कलेज अफ टेक्नोलोजीमा कम्प्युटर इन्जिनियरिङको सातौं सेमेस्टरमा अध्ययनरत् सहभागी २२ वर्षीया अस्मिता महर्जनको भिडियो सार्वजनिक भएसँगै उनको पक्षमा विभिन्न टिप्पणी शुक्रबार बिहान सामाजिक सञ्जालमा चर्चामा आयो।
ती सहभागीले आफू कम्प्युटर इन्जिनियरिङ गरिरहेको बताउँछिन्। तर निर्णायकले भने उनले मेकअप नगरेको, चश्माको सट्टा लेन्स नलगाएको भन्दै प्रश्न गर्छिन्। उनले पन्ध्र घण्टा अगाडि मात्रै ‘रोड टु मिस नेपाल २०१९’ भन्दै फेसबुक पोस्ट गरेकी छिन्। उनले प्रतियोगिता अन्तर्गतकै केही फोटो राख्दै आफू प्रतियोगी नम्बर ८ भएको खुलाएकी छिन्।



