राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको तस्वीर सार्वजनिक गरेको आरोपमा डा.निकोलस भुसाल पक्राउ परेका छन् । प्रहरीले उनलाई आइतबार राति काठमाडौंको थलीबाट पक्राउ गरेको हो ।
यस अघि रास्वपा सभापति रवि लामिछानेका समर्थक डा. निकोलस भुसालले सामाजिक सञ्जालमा भाइरल भइरहेको रवि लामिछानेको फोटो आफूले खिचेको स्वीकार गरेका थिए । आफ्नो यस कार्यमा कुनै खराब नियत नरहेको बताउँदै गल्ती महसुस गरेपछि माफी मागेको उनले बताएका थिए |
उनका अनुसार, आफू रवि लामिछानेको स्वास्थ्य परीक्षणका लागि हिरासतमा गएको बेला प्रहरीले उपस्थित रहँदै फोटो खिचेका थिए। भुसालले फोटो खिच्नुको उद्देश्य रविको स्वास्थ्य अवस्था ठिक रहेको प्रमाणित गर्न मात्र भएको बताएका छन्।
आज फेसबुक पोस्ट मार्फत डा. निकोलस भुसालले माफी मागेका हुन् ।



