काठमाडौं । कर्णाली याक्समाथि रोमाञ्चक जित हासिल गर्दै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा स्थान सुरक्षित गरेको छ ।
बिहीबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न दोस्रो क्वालिफायर्समा जनकपुरले कर्णालीलाई दुई विकेटले हरायो । कर्णालीले प्रस्तुत गरको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा पूरा गर्यो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो ।
जनकपुर बोल्ट्स अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भिडन्त गर्नेछ । फाइनल खेल शनिबार हुनेछ



