नेपाल बैंकर्स संघमा १३ वर्षपछि अध्यक्ष पदको लागी चुनाव हुने निश्चित प्राय भएको छ ।
संघको ३८औं साधारण सभा आगामी पुस ३ गते बोलाइएको छ । उक्त साधारणसभाबाट आगामी नेतृत्व चयन हुनेछ । सामन्यतय वर्तमान उपाध्यक्ष नै स्वत: अध्यक्ष हुने परम्परा रहँदै आएकोमा यसपटक अध्यक्ष पदमा प्रभु बैंकका सीईओ अशोक शेरचनले उम्मेदवारी दिएपछि बैंकर्स संघमा चुनावी महासंग्रामको स्थिति उत्पन्न भएको हो ।
अहिलेका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला परम्परागत रुपमै आफु नै अध्यक्ष पदको दावेदार भएको हुँदा आफु कुनै हालतमा पछि नसर्ने बताउँदै आएका छन् । कोइराला भन्छन् मेरो स्ट्यान्ड उचीत छ र मैले वर्तमान अध्यक्ष लगायत १९ वटै बैंक सीईओहरुलाइ यो जानकारी गराइसकेको छु ।

इन्स्टाखवरले यस सम्बन्धमा प्रभु बैंकका सीईओ अशोक शेरचनसँग सम्पर्क गर्न खोज्दा उनको फोन उठेको छैन तथा म्यासेजको समेत समाचार तयार पार्दासम्म कुनै जवाफ प्राप्त हुनसकेको छैन ।
संघका अध्यक्ष सुनिल केसीको नेतृत्वमा पुर्ब अध्यक्षहरुको एउटा समुह हाल माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला र प्रभु बैंकका सीईओ अशोक शेरचन बीच सहमति कायम गर्न लागेको र आज पुन: सहमतिको लागि अन्तिम प्रयास भैरहेको छ ।
