प्रख्यात तबला वादक उस्ताद जाकिर हुसेनको आइतबार ७३ वर्षको उमेरमा निधन भएको छ। उनी हृदयसम्बन्धी समस्याका कारण सान फ्रान्सिस्कोको अस्पतालको आईसीयूमा भर्ना भएका थिए ।
उस्ताद अल्ला रक्खाका छोरा जाकिर हुसेनले तबलालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
७३ वर्षीय उस्ताद जाकिर हुसेन, जसले तबलालाई विश्वव्यापी स्तरमा पुर्याएका थिए, रक्तचाप सम्बन्धी समस्याबाट पीडित रहेको उनका म्यानेजर निर्मला बचानीले बताएकी थिइन् ।

“मेरो गहिरो समवेदना उनको परिवार, प्रशंसकहरू र प्रियजनहरूप्रति। ॐ शान्ति,”भारतका संघीय मन्त्री ज्योतिरादित्य सिन्धियाले भने ।
हुसेनले आफ्नो करियरमा पाँचवटा ग्रामी पुरस्कार प्राप्त गरेका छन्, जस मध्ये यस वर्षको ६६ औं ग्रामी पुरस्कारमा तीन वटा पुरस्कार पाएका थिए ।


