पुस महिनाका लागि २० वाणिज्य बैंकहरूमध्ये तीन बैंकले ब्याजदर घटाएका छन्, १४ बैंकले स्थिर राखेका छन्, र तीन बैंकले ब्याजदर बढाएका छन्।
ब्याजदर घटाउने बैंकहरूमा एनएमबी बैंक, प्राइम कमर्सियल बैंक, र कृषि विकास बैंक छन्। यसैगरी, ब्याजदर बढाउने बैंकहरूमा एनआईसी एशिया बैंक, सानिमा बैंक, र नेपाल बैंक छन्।
व्यक्तिगत मुद्दती निक्षेपका लागि पुस महिनामा सबैभन्दा धेरै ब्याज दिने बैंक एनआईसी एशिया बैंक रहेको छ, जसले अधिकतम ६.६ प्रतिशत ब्याज दिनेछ।

बैंकको ब्याजदर मंसिरको तुलनामा औसतमा ०.१९ प्रतिशतविन्दुले घटेको छ। यस्तो खातामा सबैभन्दा कम ब्याज दिने बैंक लक्ष्मी सनराइज बैंक हो, जसले अधिकतम ५.५ प्रतिशत ब्याज दिनेछ।
