स्ट्याण्डर्ड चार्टर्डको सिईओमा गोरख शम्शेर राणा

अर्थ समाचार

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा गोरख शम्शेर जंगबहादुर राणा नियुक्त भएका छन्। राणा स्ट्यान्डर्ड चार्टर्ड बैंकमा सीईओ बन्ने पहिलो नेपाली हुन्।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले राणालाई सिईओ नियुक्त गरेको हो। उनी ४ वर्षका लागि सिईओ पदमा नियुक्त भएका हुन्।उनको कार्यकाल जनावरी १, २०२५ अर्थात पुस १७ गतेदेखि शुरु हुनेछ।