टोखा नगरपालिकाले मनायो ११ औँ स्थापना दिवस

राजनीति समाचार

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले आफ्नो स्थापना दिवस मनाएको छ । आइतबार  एक विशेष समारोहकाबीच  ११ औँ स्थापना दिवस मनाएको हो ।

स्थापना दिवस मनाउँदै नगरपालिकाका मेयर प्रकाश अधिकारीले टोखा नगरपालिकाले विभिन्न राम्रा कामहरुको गतिविधि गर्दै आइरहेको बताएका छन् । उनले  टोखाको गरिमा र महिमा बढाउनको लागि टोखाबासीको भूमिका महत्वपूर्ण  रहेको बताए ।