परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जाँदैछिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ गतेदेखि सुरु गर्ने चीन भ्रमणको तयारीका क्रममा परराष्ट्रमन्त्री राणा आज चीन जान लागेकी हुन् ।
परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जान लागेकी हुन् |
भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

भेटवार्तामा उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा व्यापक छलफल गर्ने छन् । परराष्ट्रमन्त्री राणा मङ्सिर १५ गते स्वदेश फर्किने तय भएको छ ।
आगामी मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जने कार्यक्रम रहेको छ | उनी प्रधानमन्त्री ओलीको भ्रमण दलमा पनि सहभागी हुनेछिन् ।
