ललितपुरमा भयानक दुर्घटना

समाचार

ललितपुरको सानेपा नजिकै चक्रपथमा जनक शिक्षा सामाग्रीको ना १ घ ५३३ नम्बरको ट्रकले तरकारी बोक्ने बा ७ च २१३१ नम्बरको भ्यानलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा दोलखा घर भइ ललितपुर बस्ने ४० वर्षीय इन्द्रबहादुर सुनुवार र धनुषा घर भइ भैसीपाटी बस्ने ४० वर्षकी डोल्मा शेर्पा रहेका छन् ।