हस्पिटालिटी क्षेत्रलाई राष्ट्रिय प्राथमिकता, आजको आवश्यकता

पर्यटन

सन्दर्भ र सान्दर्भिकता
नेपालमा विगत २० बर्ष देखि होटल उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मन्यता प्रदान गर्ने विषयमा चर्चा चलिरहेको रहेको छ, तर अहिलेसम्म यो विशेष सुबिधा नेपालका होटेलहरुले प्राप्त गर्न सकेका छैनन् । भारतमा यस्तो विशेष व्यवस्था धेरै पहिलेदेखि प्रदान गरिदै आएको छ । अब एकपटक भारतको पर्यटन क्षेत्रको स्ट्रेन्थलाइ हेरौ, यो भारतको सर्वाधिक रोजगारी सिर्जना गर्ने क्षेत्र मध्ये एक हो, भारतको जीडीपीमा पर्यटन क्षेत्र र त्यो पनि हस्पिटालिटी क्षेत्रको योगदान १२.५ प्रतिशतको रहेको छ । कुनै पनि उद्योग महत्वपूर्ण उद्योग हो भनेर निर्क्योल गर्ने फर्मुला भनेको त्यस उद्योगको कुनै पनि राष्ट्रमा वर्तमान योगदान र त्यसले भविष्यमा पुर्याउन सक्ने योगदानलाई इन्डिकेटरको रुपमा लिनुपर्छ । भारतले यसको महत्व समयमै बुझ्यो र अहिले यो उद्योग भारतको विकासमा एक महत्वपूर्ण अंगको रुपमा उदाउन सफल भएको हो ।

नेपाल सरकार र नीति निर्माण तहमा रहेकाहरुले नेपालमा समेत यसको महत्व बुझ्न जरुरी छ । नेपाल मा हस्पिटालिटी क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्नु जरुरी छ ।

ठूला होटलहरुको सन्दर्भमा ६/८ महिनासम्म त लगानीकर्ताले नै सञ्चालनको खर्च सम्पूर्ण धान्नु पर्ने हुन्छ, अप्रेसन कस्ट, तलब भत्ता लगायत थुप्रै खर्चको भार हुने गर्दछ । यस्तो अवस्थामा सरकार ले २/३ बर्षको लागि भ्याट होलिडे दिनुपर्ने हुन्छ, जसले लगानीकर्तालाई नेपालमा लगानी र व्यवसाय संचालन गर्न प्रोत्साहित गर्छ ।
पर्यटन उद्योगले नेपालमा ठुलो रोजगारी सिर्जना गर्नसक्छ, वैदेशिक रोजगारीमा दिन प्रतिदिन निर्भर हुदै गएको कुनै पनि राष्ट्रलाई यो सर्वाधिक महत्वपूर्ण मुद्दा हो ।

यहाँ नीति निर्माण तहमा रहेकाहरुले अब गम्भीरतापूर्वक मनन गर्नुपर्ने समय हो, जब यस देशमा एकपछि अर्को गर्दै मेरिएट, हिल्टन, आइसीटी, इन्टर कन्टिनेन्टल, लेमन ट्री जस्ता ब्रान्ड होटलहरू धमाधम नेपाल प्रवेश गर्दैछन् भने के अब यो देशका होटल म्यानेजमेन्टका बिद्यार्थीहरुलाई रोजगारीका लागि विदेश जानुपर्ला ? अवश्य पर्दैन ।

कुनै समय भारतमा समेत ठुला होटेल ब्राण्डहरुमा अमेरिकन युरोपियन जनशक्तिहरुको माथिल्लो म्यानेजमेन्ट तहमा ठूलो उपस्थिति रहने गरेको थियो, जुन अवस्था अहिले नेपालमा छ, यहाँ अहिले भारतीय व्यवस्थापकहरू धेरै मात्रामा रहेका छन् । तर अहिले इन्डियन हस्पिटयालिटी इन्ड्सट्रीमा यसको रिभर्स ट्रेन्ड छ, आज इन्डियामा मात्र हैन संसार भरि नै इन्डियन म्यानेजमेन्ट, इन्डियन सेफहरुको बोलबाला छ । हो यो त बिस्तारै नेपालमा समेत हुनसक्छ तर यसको लागि नेपाल सरकारले आफ्नो हस्पिटालिटी इन्ड्सट्रीलाई प्रमोट र प्रोटेक्ट गर्न सक्नुपर्छ ।

नेपाली होटेल म्यानेजमेन्टका जनशक्तिहरुले अहिले इन्डिया लगायत अन्य देशमा सजिलै रोजगारी प्राप्त गरिरहेका छन् तर विडम्बना नेपालमा छैनन् | नेपाली जनशक्तिको क्षमतामा कुनै शंका छैन, आजको दिनमा अब यो जनशक्तिमा नेतृत्वको आकांक्षा जगाउने समय आएको छ ।

यहाँ श्रम नीति र श्रम कानुनमा समय-सापेक्ष सुधार गरिनुपर्नेछ । हस्पिटालिटी इन्ड्सट्रीलाई अझै शसक्त बनाउन अब नेपालले एक-पटक श्रम मात्र होइन अन्य यस संग सम्बन्धित नीतिहरू उपर पुनर्विचार गर्दै समय सापेक्ष सुधार गर्नुपर्ने समय आएको छ ।

नेपालको पर्यटन क्षेत्रका प्रमुख चुनौतीहरू
नेपालमा पर्यटन संग सम्बद्ध समस्याहरूको कुरा गर्दा, एउटा मात्र इन्टरनेसनल एयरपोर्ट संचालनमा रहनु, भारतका विभिन्न शहरमा अझै फ्लाइट नहुनु लगायत कनेक्टिभिटी एउटा ठुलो समस्या अवश्य हो । यसका बाबजुद अन्य मुद्दाहरु समेत छन्  ।

नेपालमा भारु सटहीसंग सम्बन्धित, आईसी ट्रान्जेक्सन अझै गाह्रो छ, भारतीयहरू सामान्यतया ५०० को नोट प्रयोग गर्ने गर्दछन् जुन नेपालमा लिगल छैन । नेपाल सरकारको भारु ५०० का लागि तय यो मापदण्ड अन्य बिभिन्न कारणले गर्दा होला त्यो त सरकारले गर्नैपर्ने पनि हुन्छ । तर अब यस्तो अवस्थामा अन्य अल्तर्नेटिभ प्रदान गरिनु पर्ने हुन्छ, जस्तै QR, डेबिट / क्रेडिट कार्ड यिनमा समेत बिभिन्न समस्याहरु अझै रहेका छन् , लिमिट सम्बन्धी तथा इन्टिग्रेसन सम्बन्धी समस्याहरु छन् जसको समाधान हुनु जरुरी छ । एउटा घटना सेयर गर्छु, हालै हाम्रै होटेलमा एक भारतीय पर्यटकको कार्ड पेमेन्ट ड्रप भयो, मैले आफै आफ्नो कार्ड प्रयोग गरेर सो पेमेन्ट गरिदिएँ र गेस्टले उता इन्डियामा मेरो एकाउन्टमा सो रकम डिपोजिट गरिदियो र यसरी हामीले समस्या समाधान गर्नुपर्यो । हेर्नुस् नेपालको वैदेशिक मुद्रा आर्जनमा ६० प्रतिशत भन्दा माथिको योगदान पर्यटन क्षेत्रको रहेको छ । यदि नेपालमा यस्ता एक्स्क्जेंज तथा पेमेन्ट हर्डलहरु कायम रहने हो भने कसरी यसले पर्यटन प्रवर्द्धन र विदेशी मुद्रा आर्जनमा सहयोग प्रदान गर्छ ? यसमा सरकारले विशेष ध्यान दिनुपर्ने हुन्छ ।

एउटा घटना सेयर गर्छु, हालै हाम्रै होटेलमा एक भारतीय पर्यटकको कार्ड पेमेन्ट ड्रप भयो, मैले आफै आफ्नो कार्ड प्रयोग गरेर सो पेमेन्ट गरि दिएँ र गेस्टले उता इन्डियामा मेरो एकाउन्टमा सो रकम डिपोजिट गरिदियो र यसरी हामीले समस्या समाधान गर्नुपर्यो ्र हेर्नुस् नेपालको वैदेशिक मुद्रा आर्जनमा ६० प्रतिशत भन्दा माथिको योगदान पर्यटन क्षेत्रको रहेको छ ्र यदि नेपालमा यस्ता एक्स्क्जेंज तथा पेमेन्ट हर्डलहरु कायम रहने हो भने कसरी यसले पर्यटन प्रबर्द्धन र विदेशी मुद्रा आर्जनमा सहयोग प्रदान गर्छ ? यसमा सरकारले विशेष ध्यान दिनुपर्ने हुन्छ ।

दोश्रो तथा अर्को महत्वपूर्ण अप्ठ्यारो भनेको वातावरणीय प्रभाव मूल्याङ्कन इआइए लाइसेन्स प्राप्त गर्नु रहेको छ । हाम्रो जस्तो होटललाई इआइए लाइसेन्स प्राप्त गर्न ४ वर्ष लग्यो । होटललाई मात्र होइन यो अवस्था सबै खाले लगानी अथवा उद्योग व्यवसायलाई नेपाल भित्रिंदा सामना गर्नु पर्ने चुनौती हो, आफै बिचार गर्नुहोस् एउटा कुनै नयाँ व्यवसाय उत्साही भएर नेपालमा केहि गरौ भनेर आउँछ र उसलाई पहिलो गाँस मै ढुंगा पर्छ भने त्यसको इम्प्याक्ट कस्तो होला ? अन्तर्राष्ट्रिय जगतमा कस्तो सन्देस जान्छ?

हुन त यसका विभिन्न आयाम कारण र नेपाल सरकारका आफ्ना वाध्यता होलान् तर मेरो विचारमा नेपालले यदि वैदेशिक लगानी र झन् ठूला- ठूला ब्रान्डहरु स्वदेशमा भित्राउने हो भने यसको एकमात्र समाधान भनेको झन्झट रहित वन विन्डो पोलिसी नै हो र यो नेपालले लागु गर्नु पर्छ ।

तेस्रो पर्यटक आगमन आशातित रुपमा नेपालमा वृद्धि नहुनुको एउटा प्रमुख कारण बिगतमा बिगतमा भएका केहि नमीठा अनुभवहरु समेत छन् । पर्यटन उद्योग र पर्यटक आगमनको प्रमुख पुर्व सर्त शान्ति सुरक्षा समेत रहेको हुन्छ । यसको साथै कम्जोर पूर्वाधार अर्को चुनौती रहेको छ नेपालमा, एयरपोर्ट, सडक यातायात लगायत अन्य थुप्रै पूर्वाधार जन्य सुधार तथा बिकास नेपालले गर्नुपर्ने छ, यसमा हामी सबै संबेदनशील हुनुपर्ने छ ।

चुनौतीका वावजुद धमाधम नेपाल प्रवेश गर्दै अन्तर्राष्ट्रिय होटल ब्रान्ड: नेपालमा असिमित अवसर
नेपाललाई जिओग्रफि र डेमोग्राफीको आधारमा हेर्ने हो भने यहा यहाँ धरै यस्ता स्थान छन् जुन धार्मिक रूपले महत्वपूर्ण छन्, धेरै स्थान आराम तथा आनन्ददायी पर्यटनका हिसाबले महत्वपूर्ण छन् र यसको साथै पर्वतारोहण, ट्रेकिंग लगायत थुप्रै एडभेन्टर टुरिजमका हिसाब ले उत्तम स्थानहरू नेपालमा अवस्थित छन् । यसैले नेपाल आउने कुनै पनि पर्यटक मुख्यतया नेपालको यही तीन बिशेषताले आकर्षित भएर आउँदछन् । पर्यटकीय महत्वको दृष्टिकोणले नेपालका विशेषताहरू यतिमा मात्रै सीमित छैनन्, थुप्रै यस्ता स्थान तथा विशेषताहरू छन् जुन अझैसम्म अन्वेषण र प्रबर्द्धन भइसकेका छैनन् र जसको व्यापक सम्भाव्यता छ । अहिले नेपालमा दस लाख पर्यटक गत बर्ष आएको देखिन्छ तर नेपालको पर्यटकीय विशेषताका आधारमा हेर्ने हो भने यो राष्ट्रले एक करोड पर्यटक प्रति वर्ष सजिलै भित्र्याउन सक्छ, विडम्बना यो अलौकिक विशेषताको सदुपयोग नेपालले अझैसम्म गर्नसकेको छैन ।

विश्व मञ्चमा नेपालले प्रस्तुत गर्नसक्ने थुप्रै पर्यटकीय महत्वका नेपाली मौलिक विशेषता, स्थान र अवसर अझै ओझेलमा रहेका छन् । यो हाम्रो विडम्बना हो, यसैले गर्दा अझै सम्म हामीलाई १५/१६ लाख पर्यटक भित्र्याउन हम्मे-हम्मे छ, यस्ता अनगिन्ती , यति धेरै विश्व सम्पदा स्थलहरूका बाबजुद पनि हामी संसार भरिका पर्यटकलाई नेपालतर्फ आकर्षित गर्न नसकी रहनुको प्रमुख कारण यो नै हो । यहाँ टुरिजम बिजनेसको हरेक दृष्टिकोणबाट व्यापक सम्भावना छ र अन्तर्राष्ट्रिय होटल जगतको आकर्षणको प्रमुख कारण पनि यही नै हो ।

महामारी पछि मानिसहरूको अझ भनौँ पर्यटकहरूको मानसिकतामा व्यापक परिवर्तन आएको छ – पहिला पर्यटकहरू गन्तव्य चयन अथवा छनौटको हिसाबमा अलि बढी चयनात्मक रहने गर्दथे, तीनको प्राथमिकतामा रमणीय स्थान र अत्यधिक रमाइलो केन्द्रमा रहने गरेको थियो । तर अहिले महामारीपछि पर्यटकहरूको रोजाइमा शान्त पर्यटन गन्तव्य जँहा उनीहरु ध्यानमग्न भएर प्रकृतिको आनद लिन सक्छन् , यस्ता गन्तव्य आज पर्यटकहरूको प्रमुख रोजाइमा रहेको पाइन्छ । अब यस हिसाबले नेपाल एउटा आदर्श गन्तव्य हो ।
उदाहरण कै रुपमा हाम्रो यो होटल लेमन ट्री प्रिमियर जुन बुढानीलकण्ठमा अवस्थित छ, यदि यहा तपाई बसिरहनुभएको छ भने के तपाइलाई काठमाडौँ शहरमा बसिरहेको अनुभव हुन्छ ? अवश्यहुँदैन , यहाँ शिवपुरीको मनोरम दृश्य अनुभव गर्न पाउनुहुन्छ, मनोरम पर्वत श्रृंखलाको फेदमा , मौसम यहाँको अर्को विशेषता हो, यस्तो उपयुक्त मौसम र त्यो पनि एक दुइ महिना होइन वर्षैभरि आनन्ददायी मौसम, निश्चल निर्मल हावा – यही हुन् आज भोलि पर्यटकहरूको चाहना ।

२०१९ को कोभिड महामारीको त्यत्रो डिजास्टरपछि कसरी नेपालले एक वर्ष भित्रैमा १० लाख पर्यटक भित्र्याउन सक्यो ? यसको मुख्य कारण यहि अहिले पर्यटकहरूको माइण्डसेटमा आएको परिवर्तन हो । यसले स्पष्ट रूपमा सङ्केत गर्छ कि पर्यटकहरू थप शान्त तथा मनोरम गन्तव्यहरू खोजिरहेका छन् जसले उनीहरूमा नयाँ ऊर्जा सञ्चार गर्न सकोस् । अहिले टुरिस्टहरूको टेस्ट र चोइस थाइल्याण्ड, बाली जस्ता डेस्टिनेसन भन्दा बढी हिमाल, पहाड पर्वत झरना जस्ता प्रकृतितर्फ अधिक आकर्षित हुदै गएको छ । यो नै एकमात्र कारण हो जसले गर्दा नेपालमा थप नयाँ नयाँ अन्तर्राष्ट्रिय चेन होटलहरू धमाधम थपिदै गएका छन् , नेपालको पर्यटन बजारमा अझै ठुलो मात्रामा लगानीको सम्भावना छ ।

लेमन ट्री प्रिमियर: हस्पिटालिटी कल्चर तथा नेपाल स्ट्र्याटेजी
लेमन ट्री, इन्डियाको एक निकै पपुलर ब्रान्ड हो । हाम्रा ११० होटल अहिले संचालनमा छन् तथा ४० बढी संचालनको तयारीमा रहेका छन् । अब कुरा नेपालको, नेपालको सिग्निफिकेन्ट मार्केट भारतबाट छ, यस्तो अवस्थामा इन्डियन पपुलर ब्रान्ड भएको हुँदा इन्डियन गेस्टको सपोर्ट त हामी संग रहने नै भयो, दुतावासको लगायतको पनि साथ र सहयोग त हुने नै भयो ।

हामी लेमन ट्री होटलमा हाम्रो फूड एंड बेवरेज लोकल टेस्ट एंड कल्चरमा आधारित भएर तयार गर्दै छौ । हाम्रो होटल तथा नेपालमा भारतीय पर्यटकहरूको हिस्सा ६०% र बाँकी अन्यको हो तर पनि, हामीलाई आन्तरिक पर्यटन तथा आन्तरिक हस्पिटालिटी बिजनेसको पोटेन्सियलको राम्रो हेक्का छ र यसैले सुरु देखिनै हामीले ब्यालेन्स अप्रोचको रणनीति बनाएका छौ, हाम्रो प्रमोसन समेत यही लोकल बेसमा आधारित भएर सञ्चालित हुनेछ ।

हामी लेमन ट्री काठमान्डौको मुख्य शहरभन्दा पर बूढानिलकण्ठ जस्तो मनोरम स्थानमा अवस्थित हुँदा हामीले उपत्यका वरपरको टुरिस्ट डेस्टिनेसनमा रमाउन खोज्ने काठमान्डौको त्यो सेग्मेंटलाइ समेत आकर्षित गर्ने गरी रणनीति र प्याकेजहरु तयार गरेका छौ । त्यो सेग्मेंटले धुलिखेल, नगरकोट सम्म गएर प्राप्त गर्ने सन्तुष्टि अब बूढानिलकण्ठ जस्तो छोटो दूरीको यात्राबाटै प्राप्त गर्न सक्नेछन् । त्यसले लेमन ट्री होटलले इन्टरनेसनल तथा डोमेस्टिक दुवै टुरिस्ट सेग्मेंटलाई सन्तुलन मिलाएर आफ्नो बिजनेस अघि बढाउँछ ।
आन्तरिक पर्यटन बजारलाई हरेक अन्तर्राष्ट्रिय होटलहरुले अत्यन्त महत्वपूर्ण बजारको रुपमा नै लिने गर्दछन – गो लोकल, एउटा अनिवार्य म्यान्डेट नै हुने गर्दछ हरेक ब्रान्ड होटलहरूको लागी कुनै पनि अर्को देशमा प्रवेश गर्दा । यसको कारण के हो भने “योर सोर्स मार्केट इज राइट इन्फ्रनट अफ योर आइ” यो नै हो डोमेस्टिक मार्केटको विशेषता, कसैले यसको महत्वलाई बेवास्ता गर्न सक्दैन ।

पछिल्लो मेरो एक वर्षको अनुभवको आधारमा म भन्न सक्छु – नेपालीहरू भ्रमण र पर्यटनमा अत्यधिक रुचि राख्दछन् , इटिंग आउट नेपालमा अत्यधिक मात्रामा वृद्धि हुदै गएको छ – हरेक विकेन्ड धेरै नेपालीहरू घरमा खाना पकाउँदैनन्, आउटीङ्गमा जाने, होटल रिसोर्टमा सपरिवार रमाउने र काममा फर्कने कल्चर यहा सामान्य भइसक्यो, त्यसैले यो सेग्मेंटलाइ हरेक होटलहरूले आफ्नो बजारको रुपमा हेरेका हुन्छन ।

नेपालमा जुन हिसाबले ठूला अन्तर्राष्ट्रिय ब्रान्ड होटलहरु खुलीरहेका छन त्यसले अवश्य पनि प्रतिस्पर्धा तीब्र हुनेछ र बजारको अहिलेको पाई त ठुलो भएको छैन त्यसैले कम्पिटिसन त राम्रै हुन्छ । लेमन ट्रीमा हाम्रो युएसपी भनेको सबैलाइ इक्वल अपरचुनिटी नै हो, हाम्रो ब्रान्ड स्ट्राटेजी भनेको इन्भाइरोन्मेन्टल सोसिएल गभर्नेन्स हो, हामी वातावरण मैत्री उत्पादनहरुको अत्यधिक प्रयोगमा बिश्वाश गर्दछौ । सोसिएल गभर्नेन्स अन्तर्गत हामी हाम्रो जनशक्ति छनौट इक्वल अपरचुनिटीको आधारमा गर्दछौँ ।

हामी कहाँ करिब १२.५ प्रतिशत जनशक्ति फरक क्षमता भएको वर्ग छ, ११० चेन होटल र प्रति होटल न्यूनतम ११ हजार कर्मचारी रहेको हाम्रो नेटवर्क मा १२.५ प्रतिसत जनशक्ति फरक क्षमता भएको जनशक्ति रहनु भनेको आफैमा एउटा ठूलो उपलब्धि मान्न सकिन्छ ।हामी स्थानीय समाजको विकासमा विस्वास गर्दछौँ, हामीले २० प्रतिशत रोजगारीको अवसर यहाँका स्थानीयलाई प्रदान गरेका छौ, स्थानीयलाई तालिमको समेत ब्यवस्था गरेका छौ ।

हाम्रो बिजनेस फोकस भनेको पहिलो माइस टुरिजम अर्थात सभा सम्मेलन, प्रमोसन र प्रदर्शनी पर्यटनलाई टार्गेट गर्ने हो र यसको लागी हाम्रो लोकेसन पर्फेक्ट छ । अर्को हाम्रो फोकस हो लिजर टुरिजम, अगेन हाम्रो लोकेसनले नै हामीलाई यसमा एउटा एज प्रदान गरेको छ । अब धार्मिक पर्यटन त सब भन्दा प्रमुख सेगेमेन्ट रहने नै भयो, त्यसमा हाम्रो बिशेष फोकस रहने नै छ । लेमन ट्रीका हरेक अतिथिले पशुपतिनाथको टिका होटल प्राङ्गणमा प्राप्त गर्नसक्ने हामीले बिशेष ब्यवस्था गरेका छौ ।
नेपालमा हाम्रो अहिलेको मुद्दा हो १० लाख पर्यटक प्रति वर्ष तर भारतको एउटा हिल स्टेसन शिमलामा ग्रीष्म ऋतुमा मात्र ९० लाख आन्तरिक पर्यटक पुग्दछन् । भारतमा डोमेस्टिक टुरिस्टको ग्रोथ निकै तिव्र छ र तिनलाई नेपालतर्फ आकर्षित गर्न सकिन्छ । इन्डियाबाट नेपाल आउने पर्यटकहरूको ट्रेन्ड हेरौ यसमा सबैभन्दा ठूलो हिस्सा धार्मिक पर्यटक रहेको छ । अब हामीले खाली काठमान्डू. पोखरा र चितवन जस्तो डेस्टिनेसन मात्र हैन थप डेस्टिनेसन इन्डियामा बेच्न सक्नुपर्छ । मनकामना, मुक्तिनाथ, जनकपुर जस्ता स्थान मात्र होइन थुप्रै यस्ता हिल्स डेस्टिनेसन तथा मठ-मन्दिर छन् , जहाँ इन्डियन टुरिस्टलाई आकर्षित गर्न सकिन्छ । यसको लागि हामीलाई यहाँ रहेको भारतीय राजदूतावासले समेत अवश्य मद्दत गर्नेछ । हाम्रो अबको रणनीति गुणस्तरीय धार्मिक पर्यटक बढी भन्दा बढी नेपाल भित्र्याउनु पर्ने हुन्छ, नेपालका प्रधानमन्त्री के पी शर्मा ओलीले समेत हामी सँग यही अपेक्षा रहेको बताउनुभएको छ ।

(यो आलेख होटल लेमन ट्री प्रिमियरका महाप्रबन्धक , मनोज थापासँग इन्स्टाखबर डटकमका कार्यकारी सम्पादक लभेश प्याकुरेलले गर्नुभएको भिडियो अन्तर्वार्ताको आधारमा तयार गरिएको हो)