रवि लामिछानेलाई पक्राउ गर्न रास्वपाको केन्द्रीय कार्यालय पुग्यो प्रहरी

राजनीति

कास्की प्रहरीले पक्राउको अनुमति लिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्न  प्रहरी उनको केन्द्रीय पार्टी कार्यालय पुगेको छ। कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले शुक्रवार लामिछानेलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति प्रदान गरेको हो । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा रहेको आरोपमा अनुसन्धानका लागि कास्की प्रहरीले कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको हो ।

अहिले कार्यालयमा ठूलो  भीड लागेको छ। उनीमाथि केही अघि मात्रै सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले कास्की जिल्ला अदालतबाट पक्राउको अनुमति लिइएको थियो।

कास्की जिल्ला अदालतबाट लामिछानेलाई पक्राउ गर्न अनुमति पाए लगत्तै करिब २ सय प्रहरी रास्वपाको कार्यालयमा उपस्थित भएका छन् । रास्वपा पार्टी कार्यालय वनस्थलीमा रास्वपाको कार्यकर्ताको समेत उत्तिकै भीड जम्मा भएको छ ।