विद्यालयको होस्टलमा विधार्थी मृत फेला

समाचार

ललितपुरको भैंसेपाटीस्थित एक स्कुलको होस्टलमा विद्यार्थी मृत अवस्थामा भेटिएका छन्। ललितपुर महानगरपालिका(२५ भैंसेपाटी आवास क्षेत्रस्थित डिएमआई वाइबल स्कुलको होस्टेलमा मोरङ घर भएका २० वर्षीय सकलु मर्डी शनिबार मृत भेटिएका हुन् । उनी सोही होस्टेलमा बस्ने गरेका थिए ।घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धान सकेर प्रहरीले पोष्टमर्टमका लागि शव पाटन अस्पतालमा पठाएको छ।