उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले चोभार स्थीत सुख्खा बन्दरगाहको निरिक्षण गनुभएको छ । आज बिहान उहाँले बन्दरगाहमा रहेका सवारी साधन पार्किङको अवस्था, गोदाम व्यवस्थापन, कार्यालय व्यवस्थापन आदीको निरिक्षण गर्नुभएको हो । निरिक्षणका क्रममा उहाँले बन्दरगाहलाई अझै बढी चलायमान बनाउन सम्बन्धीत व्याक्तिहरुलाई निर्देशन दिनुभयो । ५ बर्षका लागि निजि क्षेत्रसंगको साझेदारीमा संचालन भैरहेको उक्त बन्दरगाहले न्युनतम तीन करोड रकम राजश्व संकलन गर्ने सहमती भएपनि उक्त अवधीमा ८ देखी १० करोड रकमसम्म राजश्व संकलन गर्ने लक्ष्य रहेको बन्दरगाहका कार्यकारी निर्देशक आशिस गजुरेलले बताउनुभयो । अहिले फास्ट ट्रयाकको अभावमा समेत बन्दरगाहले अपेक्षा अनुसारको प्रतिफल दिइरहेको उहाँको दावी छ ।

