नागरिक उड्डयन प्राधिकरण, टुरिजम बोर्ड र नेपाल एयरलाइन्स – नेपालमा पर्यटन विकासमा तीन अवरोध: सुमन पाण्डे

पर्यटन

वर्ल्ड टुरिजम र नेपाल को पर्यटन क्षेत्र २०२४                                 

२०१९ को कोभिड महामारीको कारण वर्ल्ड टुरिजम इन्डष्ट्रि पुरै डिप्रेसनमा पुग्यो तर २०२२ बाट त्यसको रिभाइबल सुरु भयो र २०२३ मा यसमा सिग्निफिकेंट सुधार भएको छ, वर्ल्ड टुरिजम इन्डष्ट्रिमा अहिलेको दिनमा ९७  प्रतिशतले  रिकभर भएको मानिन्छ। २०२४ लाई वर्ल्ड टुरिजमको एउटा  नयाँ सुरुवात मान्न सकिन्छ, मिडिल इस्टमा अहिले ३६ प्रतिशतको टुरिजम ग्रोथ भएको छ, अफ्रिकामा ५ टुरिजम ग्रोथ र नेपाल र भारत जस्तो देशले समेत २०१९ को कोभिड महामारीको सेट ब्याकलाई पूर्ण रुपमा पार गर्ने निश्चित छ। नेपालमै अहिले पहिलो छ महिन मै २९ प्रतिशतको ग्रोथको तथ्याङ्क आएको छ जुन एकदम राम्रो ग्रोथ हो। यो वर्ष नेपालमा  १२ लाख  पर्यटक भित्रिने अनुमान मेरो छ।

टार्गेट २०४०: ६५ लाख पर्यटक, १० खर्ब  टुरिजम रेभेन्यु

२०२४ लाई यदि कट अफ इयर मानेर बर्ष को १५ प्रतिशत टुरिजम ग्रोथ हामीले नेपालमा कायम गर्ने हो भने २०३० सम्म नेपालले २५ लाख पर्यटक भित्र्याउन सक्ने छ, १० प्रतिशत टुरिजम ग्रोथ कै हिसाब राख्ने हो भने पनि २०४० सम्म मा ६५ लाख पर्यटक भित्रिन सक्ने छन् नेपालमा। सही स्ट्रेटेजी   र प्लानिङ्ग मा नेपाल अघि बढ्ने हो भने अब को १६ वर्ष मा १० खर्ब भन्दा अधिक हाम्रो टुरिजम बेस रेभेन्यु सजिलै हुन् सक्छ। यसैले अनुमान गर्न सकिन्छ, एउटा टुरिजम इन्डस्ट्रिले मात्रै कति भाइब्रेन्ट बनाउन सक्छ नेपालको अर्थतन्त्र !!

चुनौती र अवरोध : सिभिल एभिएसन, टुरिजम बोर्ड र नेपाल एयरलाइन्स

अब कुरा गरौँ चुनौतीको, यो किन पुरा हुन् सक्दैन भने यो ट्रेजेडी हाम्रो टुरिजम सेक्टरको मात्र होइन नेपाल कै समग्र समस्या हो, जताततै बेथिति र अति राजनीतिको चेपुवामा मुलुक छ । नेपालको टुरिजम सेक्टरलाई नै सेग्रिग्रेट गरेर हेरौँ न ! हाम्रो पर्यटन मन्त्रालयको कार्यभारको हिसाबले तीन वटा मेन ब्रान्च छन – सिभिल एभिएसन, टुरिजम बोर्ड र नेपाल एयरलाइन्स;  नेपालको टुरिजमको हिसाबले यो तीन वटा मुख्य अङ्ग हो र यो तीन  वटै सेग्मेंटमा मेजर क्राइसेस छ। यसमा हाम्रो लिडरसिप फेलियर छ, हाम्रो इमान्दारीमामा सवाल उठेको छ, यो तीन वटै निकायलाई प्रोपर्ली म्यानेज गर्न नसक्ने हो भने केही हुँदैन  । ६५ लाख पर्यटक वार्षिक भनेको सबै सपना मात्रै हुने छन्। यो तीन क्षेत्रमा सुधार गर्न हामीलाई पहिला त भिजनरी पर्यटन मन्त्री र सचिव चाहिन्छ र वहाँहरूले यसको सुधारको लागी अब मास्टर प्लान तयार गर्नु पर्ने हुन्छ।

मेरो प्रतिबद्धता

पाटा इन्टरनेसनल हेडक्वार्टरले आफ्ना सदस्य राष्ट्रहरूको सर्वाङ्गीण पर्यटन विकासका लागी बिभिन्न तहमा सहयोगहरू गर्दछ।  नेपाल १९७५ मा पाटाको मेम्बर भयो र १९७६ मा पोखरा पहिलो टुरिजम मास्टर प्लानको ड्राफ्ट नै पाटाले तयार गरेको हो। यसै गरी इन्टरनेसनल एडभेन्चर टुरिजम मार्ट, इको टुरिजम मार्ट लगायत २०७२ को भुकम्प पश्चात नेपालको टुरिजम रिकभरी एंड क्राइसिस म्यानेजमेन्ट प्लानको ड्राफ्ट पनि पाटा कै अगुवाईमा ड्राफ्ट भएको हो।  यस्ता थुप्रै सहयोगहरू पाटाले नेपाललाई प्रदान गर्दै आएको छ। हाल म पाटा इन्टरनेसनल हेडक्वार्टरको उपाध्यक्षमा चयन भएको अवस्थामा मेरो पनि प्रयास नेपालको सर्वाङ्गीण पर्यटन विकासका लागी सबै खाले सहकार्य र सहयोग प्राप्त गर्दै नेपालको विकास गर्ने नै हो र मेरो दायित्व समेत हो।

६५ लाख पर्यटक, १० खर्ब  टुरिजम रेभेन्यु पुर्याउने सपना पुरा गर्न सरकार, मन्त्रालय र निकायहरू लागे पनि नलागे पनि यो सुमन पाण्डे र नेपालको निजी क्षेत्र भने पूर्ण प्रतिबद्धताका साथ लागि नै रहनेछन् । 

पर्यटन व्यवसायी तथा पाटा इन्टरनेसनल हेडक्वार्टरका उपाध्यक्ष सुमन पाण्डेसँग इन्स्त्टाखबर विशेष अन्तर्गत इन्स्त्टाखबरका कार्यकारी सम्पादक लभेश प्याकुरेलले गरेको संवादको अन्तर्वार्ता भिडियो: