परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटबार्ता

अन्तराष्ट्रिय राजनीति

भारत भ्रमणमा रहनु भएकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच  भेटबार्ता भएको छ । परराष्ट्र मन्त्री राणा र समकक्षी जयशंकर बीच आज विहान भेटवार्ता भएको हो ।

राणासँगको भेटको तस्बिर सामाजिक सञ्जालमा एक्समा राख्दै भारतीय विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्रीको रूपमा पहिलो विदेश भ्रमणको रूपमा भारत आउनु भएकी नेपालकी आरजु राणालाई स्वागत छ भनि उल्लेख गर्नु भएको छ ।