भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन। उनलाई नेपालका परराष्ट्र सचिव सेवा लम्सालले विमानस्थल मा स्वागत गरेकी छिन।
नेपालका परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा विदेश सचिव विक्रम मिस्री २०८१ श्रावण २७ देखि २८ गतेसम्म नेपालको औपचारिक भ्रमणमा आएका हुन्।
नेपाल र भारत बीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता को रुपमा यो भ्रमण हुन् लागेको हो। भ्रमणको क्रममा उनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।

१५ जुलाई २०२४ मा विक्रम मिस्री ले भारतीय विदेश सचिव को पदभार ग्रहण गरेका थिए। भारतीय विदेश सेवाको १९८९ ब्याचका करियर कूटनीतिज्ञ, राजदूत मिस्रीले भारत को विदेश मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय र युरोप, अफ्रिका, एसिया र उत्तर अमेरिकाका विभिन्न भारतीय नियोगमा विभिन्न पदमा काम गरिसकेका छन्।
