मनमोहन कार्डियोथोरासिक को भवनबाट हाम फालेर एक युवकको मृत्यु

स्वास्थ्य-शिक्षा

टिचिङ हस्पिटलस्थित मनमोहन कार्डियोथोरासिक नयाँ भवनको छैटौं तलाबाट हाम फाली एक युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोकर्णेश्वर ४ बस्ने  स्वरूपराज आचार्य रहेका छन् । आचार्यले आज दिउँसो करिब ३ बजे भवनको छैटौं तलामा रहेको एस क्याफेको छतको रेलिङ बाट हाम फालेका थिए ।

हाम फालेर गम्भीर घाइते भएका आचार्यको इमरजेन्सीमा भर्ना गरेर उपचारको क्रममा निधन भएको हाे । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।