नागरिक लगानी कोषको नाफा ९.९१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कोषले १ अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष कोषले १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कोषको कुल आम्दानी ५.२५ प्रतिशत बढेर १ अर्ब ९२ कारोड ४९ लाख ४० हजार रहेको छ भने कुल खर्च २.७२ प्रतिशतले बढेर ४५ करोड ५ लाख रुपैयाँ पुगेको छ ।
यता, कोषको ब्याज आम्दानी १९.५५ प्रतिशतले बढेर ४२ करोड २५ लाख ६६ हजार रुपैयाँ पुगेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १.३८ प्रतिशतले बढेर १ अर्ब ४१ करोड १२ लाख रुपैयाँ पुगेको छ ।
यस्तै, असार मसान्तसम्म कोषको प्रतिशेयर आम्दानी आम्दानी २ रुपैयाँ २८ पैसा घटेर २० रुपैयाँ ७५ पैसामा सिमित हुँदा प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ४५ पैसा पुगेको छ। कम्पनीको चुक्ता पूँजी ५ अर्ब ३१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १८ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ।



