विश्व खेलकुदको सबैभन्दा ठूलो उत्सव ३३औं समर ओलम्पिक (पेरिस ओलम्पिक २०२४) को भव्य उद्घाटन भएको छ ।
ग्रीष्मकालीन ओलम्पिकको इतिहासमै पहिलो पटक रंगशालाबाहिर उद्घाटन समारोह भएको हो ।फ्रान्सको सबैभन्दा प्रख्यात सेन नदीमा भएको थियो । हरेक देशका खेलाडी डुंगामा रहेर समारोहमा भाग लिएका थिए । डुंगामा १० औं हजार खेलाडीको सहभागिता थियो । यो कुल ६ किलोमिटरको दूरीमा चलेको थियो ।
विश्व खेलकुदको कुम्भमेलामा बढीभन्दा बढी पदक जित्दै खेलकुदमा मात्र नभई आफ्नो देशको समृद्धि, संस्कार, अर्थतन्त्र, विकासलगायतका राजनीतिक सन्देश दिनका लागि पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका २०६ सदस्य राष्ट्रले आफ्ना स्टार खेलाडीलाई फ्रान्स पठाएका छन् ।
पेरिस ओलम्पिकमा ३२ खेलमा ३ सय २९ स्वर्ण पदकका लागि १० हजार ७ सय १४ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।



