यूनेस्कोका विशेषज्ञहरूले लुम्बिनीको मुख्य संरचनाहरूको “चिन्ताजनक संरक्षण अवस्था” को कारण यसलाई संकटग्रस्त सूचीमा सूचीबद्ध गर्न सिफारिस गरे पनि विश्व सम्पदा समितिले लुम्बिनीलाई संकटग्रस्त सूचीमा राख्ने निर्णय गरेन। भारतको राजधानीमा आयोजित विश्व सम्पदा समितिले बुद्धको जन्मस्थल लुम्बिनीलाई युनेस्कोको संकटग्रस्त सम्पदाको सूचीमा नराख्ने निर्णय गरेको हो। यसको सट्टा नेपाललाई समस्याको सम्बोधन गर्न फेब्रुअरी १, २०२५ सम्मको समय दिइएको छ।
यूनेस्कोका विशेषज्ञहरूले लुम्बिनीको मुख्य संरचनाहरूको “चिन्ताजनक संरक्षण अवस्था” को कारण यसलाई संकटग्रस्त सूचीमा सूचीबद्ध गर्न सिफारिस गरेका थिए।
तर, प्रतिनिधिहरूले नेपालले साइट संरक्षणका लागि गरेका प्रयासहरूलाई ध्यानमा राखेर नेपाललाई थप समय दिन निर्णय गरेका हुन्। समितिले भन्यो, “नेपालको प्रतिनिधिमण्डलले समूहलाई सिफारिसहरूको पूर्ण कार्यान्वयन गर्न प्रतिबद्ध रहेको आश्वासन दिएको छ।” लेबनन र बेल्जियमले सन् २००२ देखि लुम्बिनीको संरक्षणका मुद्दाहरूलाई सम्बोधन गर्न ढिलाइ भएकोमा चिन्ता व्यक्त गरेका थिए।
भारतले नेपालको प्रतिनिधिमण्डलको तत्काल सूचीकरणको विरोध गर्ने अपिललाई स्पष्ट रूपमा समर्थन गरेको थियो।
यूनेस्कोका विशेषज्ञहरूले साइटको बफर क्षेत्रमा “अवशेषहरूको विनाश” र मायादेवी मन्दिरमा “निरन्तर पानीको क्षति” सहितका समस्याहरूको रिपोर्ट गरेका छन्। उनीहरूले मन्दिरमा “तत्काल संरक्षण प्रयासको आवश्यकता” रहेको औंल्याएका छन्।

समितिले स्पष्ट पारेको छ कि कुनैपनि सम्पदालाई संकटग्रस्त सूचीमा सूचीकृत गर्नुको उद्देश्य संरक्षणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउनु हो, र लुम्बिनीको स्थिति अर्को वर्षको बैठकमा समीक्षा गरिनेछ। बुद्धको जन्मस्थल लुम्बिनीलाई सन् १९९७ मा युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो। हाल ५० भन्दा बढी सम्पत्ति रहेको सूचीमा कुनै सम्पदालाई राख्नुको अर्थ संरक्षण प्रयासका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउनु हो । तर मापदण्ड अनुसार सम्रक्षण नगरिएका र चेतावनी पछि पनि नसुधरिएका सम्पदल्लाई प्रतिष्ठित विश्व सम्पदा सूचीबाट युनेस्कोले कुनै पनि बेला हटाउन पनि सक्छ ।



