नेपाल राष्ट्र बैंक अनुसार शनिबार अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ १७ पैसा कायम भएको छ। यो हालसम्मकै उच्च हो। यसअघि असार ७ गते डलरको बिक्रीदर १३४ रुपैयाँ १५ पैसा पुगेको थियो। सोमूल्य भन्दा डलर २ पैसा महँगो भइ आज नयाँ रेकर्ड बनाएको हो। यस दिन डलरको खरिददर भने १३३ रुपैयाँ ५७ पैसा रहेको छ।
अमेरिकी डलरको तुलनामा भारतीय रुपियाँ कमजोर बन्दै गइरहेका कारण नेपाली रुपैयाँ पनि दिन प्रतिदिन कमजोर हुँदै गएको हो। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो।
डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केही फाइदा हुन्छ। तर आयातको हिस्सा धेरै भएकोले डलर महंगिदा फाइदा भन्दा बेफाइदा बढी हुन्छ।
युरोपियन युरो एकको खरिदमा भने १४५ रुपैयाँ ४७ पैसा र बिक्रीमा १४६ रुपैयाँ १२ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३९ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ ४४ पैसा र बिक्रीमा ८९ रुपैयाँ ८४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८७ पैसा पाइन्छ।
कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ३७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन २८ रुपैयाँ ४९ पैसा र बिक्रीमा २८ रुपैयाँ ६२ पैसा पाइन्छ।


