सर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदै

मनोरंजन

काठमाडौंको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा आज आइतबारदेखि नाटक ‘पूर्णविराम’काे मञ्चन सुरू भएकाे छ।

कवितामा समेत कलम चलाउँदै आएका कवि सुरज पराजुलीले लेखेका नाटकमा बढ्दो पर्यावरणीय परिवर्तन, विज्ञानको दुरुपयोगजस्ता विषयलाई गम्भीर रुपमा उठान गरिएको छ।

आरुष मगरले परिकल्पना तथा निर्देशन गरेको नाटकमा रिनेक्श बस्नेत, मीना पूर्णिमा, विवेक आचार्य, सगुन तामाङ, मुकेश हमाल, समाइरा श्रेष्ठ, समीक्षा पौडेल, असिम थारु, भूमिका थारू, विध्यक तिलक, बसन्तबहादुर खड्का, सरस्वती दाहाल, युवराज थापा मगर, निरबहादुर खपाङ्गी, सुरज पराजुली, शू गूँः, सुदिश थापा मगर, सुजन परियारलगायतको अभिनय रहेको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ को समेत सहयोग रहेको नाटकको मञ्च तथा पोस्टर रसिक राजले तयार गरेका हुन्।

असार २९ गतेसम्म मञ्चन हुने नाटक ‘पूर्णविराम’ बिहीबारबाहेक हरेक दिन साँझ ५ः१५ बजे तथा शनिबार दिउँसो १ बजे अतिरिक्त मञ्चन हुनेछ।