रातो मच्छिन्द्रनाथको भोटो जात्रा साउनको तेस्रो सातामा हुने भएको छ । हाल मच्छिन्द्रनाथको रथ लगनखेलको थति टोलमा राखिएको छ । त्यहाँबाट साउन १७ गते रथ जावलाखेल तान्ने साइत छ ।
रातो मच्छिन्द्रनाथको ज्योतिषि किर्तिमदन जोशीका अनुसार यदि साउन १७ गते नै रथ जावलाखेल पुगेमा त्यसको चार दिनपछि अर्थात् साउन २० गते भोटो जात्रा गरिन्छ । यदि कदमकदाची रथ जावलाखेल पुग्न दुई दिन लागेमा साउन २१ गते भोटो जात्रा हुन्छ ।
सामान्यतया बैशाख शुक्लप्रतिपदाको दिनदेखि असार शुल्क चौँथीसम्म करिब दुई महिना मनाइने रथ यात्रा यस पटक भने करिब तीन महिना मनाइने भएको छ । भोटो जात्रामा नागलोकबाट प्राप्त मणि, माणिक्य आदि बहुमूल्य वस्तु जडित प्राचिन भोटो राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थितमा देखाइन्छ ।
यसदिन काठमाडौं, भक्तपुर र पाटन तीनै सहरका मानिसहरूले विषेश जात्राको रुपमा मनाउने गर्दछन् ।




