इम्बोस्ड नम्बर प्लेट ठेक्कामा पस्यो अख्तियार

अर्थ समाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इम्बोस्ड नम्बर प्लेट खरिदमा विस्तृत अनुसन्धान थालेको हो । अकुत सम्पत्ति आर्जनको अनुसन्धानमा अख्तियारको हिरासतमा रहेका विकलमाथि इम्बोस्ड नम्बर प्लेटमा पनि थप छानबिन सुरु भएको छ । इम्बोस्ड नम्बर प्लेट खरिदसम्बन्धी अन्तर्राष्ट्रियस्तरको बोलपत्रमा निश्चित कम्पनीलाई लाभ पुऱ्याउने उद्देश्यले लागत अनुमान तथा स्पेसिफिकेसन तयार गरेको विषयमा केन्द्रित भएर अख्तियारले छानबिन थालेको हो ।

इम्बोस्ड नम्बर प्लेटको ठेक्का सम्झौता तथा भुक्तानी प्रक्रियामा संलग्न यातायातका धेरै महानिर्देशक र प्राविधिक तथा लेखाका कर्मचारी भ्रष्टाचारमा डामिने देखिन्छ । मेडिकल उपकरण खरिद घोटालामा मुछिएको ओम्नी कम्पनीका कर्मचारी समेत रहेका विकल पौडेल नेपालमा इम्बोस्ड नम्बर प्लेट प्रणाली भित्र्याउने डिजाइनर हुन् ।