रहेनन् भक्तराज आचार्य

मनोरंजन

वरिष्ठ गायक एवं संगीतकार भक्तराज आचार्यको निधन भएको छ । केहीबेरअघि गायक आचार्यको ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको हो ।

भजन शिरोमणीको उपाधी समेत पाएका आचार्यको आज ८२ वर्षको उमेरमा निधन भएको हो ।

आचार्य चर्चित गायकद्वय सत्यराज र स्वरुपराजका पिता हुन् ।

आचार्यको पार्थिव शरीरलाई मंगलबार संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ।

१९९९ सालमा धनकुटामा जन्मिएका आचार्य भजन शिरोमणिको उपनामबाट परिचित थिए। उनका ‘हजार सपनाहरूको, जति चोट दिन्छौं, मुटु जलिरहेछ’ लगायत गीत चर्चित छन्।

२०४६ साल दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाएका थिए।