नगर प्रमुख युवतीसहित डान्सबारबाट पक्राउ

विविध

पौष १४ काठमाडौं कञ्चनपुरको महेन्द्रनगरमा रहेको ब्लू डान्स बारमा मदिरा पिएर हो–हल्ला गरेको भन्दै दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिंह धामी लाई प्रहरीले पक्राउ गरको छ।

वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले मेयर धामीसहित केही युवतीलाई समेत पक्राउ गरेको हो ।

आफूमाथि दुव्र्यवहार भएको भन्दै डान्स बारमा काम गर्ने केही युवतीले प्रहरीलाई सम्पर्क गरेपछि प्रहरीको टोली डान्स बार पुगेको थियो । हो हल्ला र विवाद गरिरहेका मेयरसहित केहीलाई प्रहरीले पक्राउ गर्यो। प्रहरीले नियन्त्रणमा लिएपछि धामीले आफू जनप्रतिनिधि भएको भन्दै आफूलाई तत्काल रिहा गर्न प्रहरी कर्मचारीलाई नै चेतावनी दिएका थिए ।

मेयर धामी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।