उपत्यकामा थपिए थप चारहजार नयाँ संक्रमित

विविध

पछिल्लो २४ घण्टामा उपत्यकामा चारहजार बढी कोरोना संक्रमणका नयाँ बिरामी थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौंमा तीन हजार एक सय ६१ जना,भक्तपुरमा पाँच सय ४ र ललितपुरमा पाँच सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं जिल्लामा २७ हजार ६ सय ६० सक्रिय संक्रमित रहेका छन् भने आठसय २६ जनाको मृत्यु भएको छ। भक्तपुरमा तीन हजार ९ सय १२ जना सक्रिय संक्रमित रहेका छन् भने, एक सय ७२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यस्तै,ललितपुरमा ६ हजार १० जना सक्रिय संक्रमित छन्। ललितपुरमा हालसम्म दुई सय ३४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।