२०७६, पौष ६
भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमारले २०७६ पौष ६ गते काठमाडौं जिल्लाको कीर्तिपुरस्थित नेपाल ए.पी.एफ.स्कुलका छात्राका लागि निर्माण गरिएको छात्रावास भवनको औपचारिक रुपमा उद्घाटन गर्नुभयो । नेपाल सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत राजनीतिक, श्री रमेश महर्नज, कीर्तपजुर नगरपार्ऱकाका मेयर, श्रीमती सरस्वती खड्का, कीर्तपजुर नगरपार्ऱकाका उपमहापौर सामुदायिक नेतृत्वकर्ताहरुको उक्त उद्घाटन समारोहमा उपस्थिति थियो ।
सन् २००५ मा स्थापित यस नेपाल ए.पी.एफ.स्कुल नेपाल सशस्त्र प्रहरी बल अन्तर्गत रहेको सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रद्वारा निर्माण गरिएको शैक्षिक संस्था हो । यो विद्यालय काठमाडौंको कीर्तिपुर नगरपालिका चम्पादेवी–७ मा अवस्थित छ जसमा २१ प्रतिशत भन्दा बढी छात्राहरु रहेका छन् । यो परियोजनाको कार्यान्वयन नेपाल सशस्त्र प्रहरी बलले गरेको हो ।
भारत सरकारको ४.०४२ करोड नेपाली रुपैंया अनुदान सहयोगमा निर्मित यस दई तल्ले नयाँ संरचनामा वार्डेनका लागि एउटा छुट्टै कक्ष, शयन कक्ष, प्रत्येक तलामा छात्राका लागि फर्निचरका साथै स्नानघर, सरसफाईको सुविधा सहित ३२ वटा कोठाहरु रहेका छन् ।
यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । भारत सरकार यस परियोजनासँग जोडिन पाएकोमा खुशी व्यक्त गर्दछ । साथै शिक्षाको क्षेत्रमा पूर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासको सराहना पनि गर्दछ ।
