एघार करोड हिनामिना ठहर भएकी फरार प्रतिबादी छ वर्ष पछि पक्राउ

विविध

इलाका प्रहरी कार्यालय बनेपाले छ बर्षदेखि बैकिङ ठगी मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा न ६ निवासी ५६ बर्षीय जयन्ती केसीलाई आज (बिहीबार) प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख (प्रहरी निरीक्षक) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा गएको टोलीले उच्च अदालत ललितपुरबाट २०७१ बैशाख २९ गतेको बैकिङ कसुर मुद्दामा फरार रहेकी केसीलाई बनेपा वडा न ६ बाट पक्राउ गरेको थियो । उच्च अदालतले बैकिङ कसुर मुद्धामा ११ करोड ८२ लाख ९२ हजार ११६ रुपियाँ र तीन बर्षको कैद तोकेको थियो । तर उनी अदालतबाट फैसलाको छ बर्ष सम्म फरार हुँदै आएकी थिइन । उनलाई बिहीबार नै जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद भुत्तानीका लागि जिल्ला कारागार धुलिखेल चलान गरिएको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिनुभयो ।