माउण्टेन ड्युले गर्‍यो पब्जी मोबाइलसँग हातेमालो

विविध

माउण्टेन ड्युले सर्वोत्कृट गेमिङ्ग अनुभव दिलाउन युवापुस्तमा अत्यन्त लोकप्रिय पब्जी मोबाइलसँग हातेमालो गरेको छ ।

कम्पनीले विश्वमै चर्चित रहेको मोबाइल खेलहरु मध्येको एक PlayerUnknown’s Battleground Mobile(PUBG MOBILE)_सँग विश्वव्यापी साझेदारीको घोषणा गरे लगत्तै अर्को नयाँ मैदान खुला गरेको हो ।

यसप्रकारको कदमले माउण्टेन ड्युद्वारा चलाइरहेको अभियानमा इस्पोर्ट्सका पेशेवर खेलाडीहरु र प्रशँसकहरुका अन्य पुस्तामाझ पुग्दै गेमिङ्ग उद्योगमा नवीनता र उत्साह जागृत गर्नको लागि एक अर्को महत्वपूर्ण चरणको संकेत गरेको छ ।

पब्जी मोबाइलका अलावा माउण्टेन ड्यु इस्पोर्ट्स समुदायलाई च्याम्पियन बनाउन र खेलाडीहरुलाई अद्भूत एवं उत्साहजनक क्रियाकलापहरुसम्म अझ बढी पहुँच पु-याउन कटिबद्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार गतिशिल कार्यक्रमको एक हिस्सा स्वरुप विश्वभरका खेलाडीहरुले केही सीमित समयको लागि खेलको नयाँ नक्साभरी उपलब्ध इन–गेम माउण्टेन ड्यु फ्यूल स्टेसनमा शक्ति बढाउन सक्षम हुनेछन् ।

खेल खेलेको समयमा लूट उपलब्ध गराएर यी नवीनतम फ्युल स्टेशनहरुले गेमिङ्ग अनुभवलाई अझ बढी रोमाञ्चक बनाइदिने कम्पनीको दावी रहेको छ । नेपाल लगायत तोकिएका अन्तर्राष्ट्रिय बजारहरुमा प्रशँसकहरुले विशेष चिन्ह अँकित माउण्टेन ड्यु उत्पादनहरुको खरीदमा इन–गेम पुरस्कारहरु र रिवार्डहरु खोल्न पनि सक्नेछन् । माउण्टेन ड्यु पब्जी मोबाइल प्रो लिग अमेरिका, PUBG MOBILE वल्र्ड लिग र PUBG MOBILE ग्लोबल च्याम्पियनसिप २०२० को औपचारिक वेभरेज प्रायोजक पनि हो ।

“एक भव्य तरिकाबाट PUBG MOBILE को सैन्य शक्तिसँग जोडिन पाउँदा र इस्पोर्ट्स प्रशँसकहरुका साथ संलग्न हुन पाउँदा हामी अन्यन्त खुशी छौं ।” पेप्सीकोका मार्केटिङ्ग डाइरेक्टर नसीब पुरीले भने । “यस किसिमको विश्वव्यापी सहकार्यले गेमिङ्ग खोजमा एक नयाँ अध्याय स्थापित गर्दै अद्वितीय क्रियाकलापहरुका साथ इस्पोर्ट्स अनुरागीहरुको नयाँ पुस्तालाई सशक्त बनाउने हाम्रो प्रतिज्ञालाई गति प्रदान गर्छ ” उनले थपे ।

PUBG MOBILE र यसको इस्पोर्ट्सले विश्वभर असाध्यै धेरै प्रशँसकहरुका साथ रेकर्डहरु तोडिरहेका छन् । माउण्टेन ड्युसँगै मिलेर हामी जितको लागि खेलाडीहरुले कसरी इन्धन भर्छन् त्यो हेर्नलाई आतूर छौं ।” PUBG MOBILE ग्लोबल इस्पोर्ट्सका डाइरेक्टर जेम्स याङले बताए ।

“माउण्टेन ड्यु र PUBG MOBILE मा NODWINगेमिङ्गको सर्वाधिक ठूलो साझेदारहरुको स्क्वाड निर्माणमा सहयोग गर्ने यो अत्यन्त खुशीको कुरा हो ।” प्रचार अभियान र साझेदारी विकास गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नोड्विन गेमिङ्गका अक्षत राठीले भने । PUBG MOBILE को बृहत्तर पहुँचका साथ माउण्टेन ड्युद्वारा विश्वव्यापी गेमिङ्ग र इस्पोर्ट्स समुदायमा प्रदर्शित विश्वासले गेमिङ्गका लागि वास्तविक शक्तिको मापन प्रदर्शन गर्न अनुमति दिएको छ । विश्वभरीका बजारहरुमा गेमिङ्गको माध्यमबाट समावेशिताको भावनालाई मनाउने यो उत्साहबद्र्धक साझेदारीका लागि यी दुई विश्वव्यापी हस्तीहरुसँग आबद्ध हुन पाउँदा हामी पनि गौरवान्वीत भएका छौं ।”