आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि आवश्यक अक्सिजन निःशुल्क प्रदान गर्ने उद्देश्यले सानेपामा ‘अक्सिजन बैङ्क’ स्थापना गरिएको छ । लाइन्स क्लब अफ काठमाडौँ समर्पणले आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित परिवारको उपचारका लागि आवश्यक अक्सिजन प्रदान गर्न २०० सिलिन्डर अक्सिजनसहित ‘अक्सिजन बैङ्क’ स्थापना गरेको छ । हाल सो बैंकमा धेरै सङ्क्रमितहरुले फोन गर्ने गरेको उहाँहरुले आफू सङ्क्रमित भएको र अक्सिजन चाहिन सक्ने हुँदा केही सिलिण्डर माग गर्ने गरेका छन्। तर बैंकसँग धेरै सिलिण्डर नभएकाले सङ्क्रमित सबैलाई उपलब्ध गराउन नसक्ने तर आवश्यक परेका बेला बैकको हटलाइनमा कल गरेमा २४ सै घण्टा जुनसुकै बेला अक्सिजन उपलब्ध गराउने बताए पछि धेरै सङ्क्रमित ढुक्क हुने गरेका छन्।
बैंकले अहिले केही अति आवश्यक भएका कोराना बाहेकका अन्य केही विपन्न व्यक्तिलाई आफ्ना सदस्यहरु पठाएर उनीहरुको अबस्था बुझेर अक्सिजन उपलब्ध गराउने गरेको छ। कुनै पनि व्यक्तिलाई अक्सिजन चाहिएमा कुनै पनि बेला ९८२३४४४०५५र ९८१३१८६४८४ मा सम्पर्क गर्न सकिने छ। साथै लाइन्स क्लब अफ काठमाडौँ समर्पणले कोभिड विरामीको उपचारमा आवश्यक पर्ने प्लाज्माका लागि प्लाज्मा बैंकको कन्सेप्ट अगाडि बढाएको यसको स्वीकृतिका लागि राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य मन्त्रालयमा प्रस्ताव पठाएको छ।
