सुशान्त सिंह राजपूत केसको ड्रग्स एंगलमा बलिउड एक्ट्रेस दीया मिर्जाको नाम जोडिएको छ ।
अभिनेत्री दीपिका पादूकोण, सारा अली खान, श्रद्धा कपूर, रकुल प्रीतको समेत नाम जोडिएको छ । तर दीया मिर्जाले भने सामाजि सञ्जाल ट्वीटर मार्फत आफू यसमा सहभागी नभएको बताएकी छन् ।
उनले कुनै पनि किसिमको अवैध ड्रग्स नलिएको बताएकी छन् ।

उनले भनेकी छन्, ‘यो खबरको म स्पष्ट रुपमा खण्डन गर्न चाहान्छु, किनभने यो आरोप मात्र मेरो छबी नराम्रो बनाउनका लागि मात्र हो । यसले मेरो छबि माथि समस्या निम्त्याएको छ ।’
