विराट र अनुष्कालाई प्रधानमन्त्री मोदीले दिए शुभकामना

विविध

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्रिकेटर विराट कोहली र उनकी पत्नि अनुष्का शर्मालाई बुबाआमा बन्न लागेकोमा बधाई तथा शुभकामना दिएका छन् ।उनले विराटले दिएको जन्मदिनको उत्तरमा धन्यवाद दिदै बाबुआमा बन्न लागेकोमा शुभकामना दिएका हुन् । कोहलीले सामाजिक सञ्जालमा मोदीलाई जन्मदिनको शुभकामना भनी गरेको ट्विटको जवाफमा मोदिले यसो भनेका हुन् ।

अगस्ट २७ मा अनुश्काले आफ्नो गर्भावस्था बारे सामाजिक सञ्जालमार्फत जानकारी गराएपछि धेरैले बधाई दिइरहेका छन् ।

सेप्टेम्बर १७ मा आँफुलाई शुभकामना दिने सबैलाई व्यक्तिगत् ट्वीटर खातामार्फत् अधिकांशको शुभकामना धन्यवाद व्यक्त गर्ने क्रममा मोदिले कोहोली दम्पत्तीलाई बधाई दिएका हुन् । उनले भने मलाई थाहा छ तपाईंहरू असल अभिभावक बन्नु हुनेछ।