मन्त्रिपरिषदमा २ जनामात्र महिला मन्त्री

विविध

काठमाडौं, ६ मंसिर । मन्त्रिमण्डल हेरफेरमा महिलालाई समावेश नगरेर सरकारले हरेक क्षेत्रमा ३३ प्रतिशत महिला समावेश गर्नु पर्ने संविधानमा भएको व्यवस्थालाई लत्याएको छ ।

नेपालको नयाँ संविधानमा हरेक क्षेत्रमा ३३ प्रतिशत महिला समावेश गर्नुपर्ने संविधानमा उल्लेख छ । तर त्यसको विपरित अहिले मन्त्री मण्डलमा दुई जना मात्र महिला मन्त्री छन् । य

मन्त्रिपरिषदमा जातजाति, लिंग र क्षेत्र कुनैपनि पक्षमा समावेशितालाई ध्यानमा राखिएको छैन । सरकारले महिला अधिकारको कुरा मात्र नगरि कार्यकारी पदमा काम गर्ने अवसर दिनु पर्ने आवश्यकता देखिन्छ । महिलालाई संविधानमा लेखेर मात्र अधिकार दिनु भन्दा यसको कार्यन्वयनमा जोड दिनुपर्ने बेला आएको छ ।