काठमाण्डौं उपत्यकाको फोहर ब्यवस्थापनमा रहँदै आएको समस्या दीर्धकालिन रुपमा समाधान हुने भएको छ ।
अव ५० बर्ष सम्मका लागि फोहोर व्यवस्थापनको समस्या समाधान हुने भएको हो ।
नुवाकोट र धादिङको सिमानामा रहेको बन्चरेडाँडामा निर्माणाधिन स्यानेटरी ल्याण्डफिल साइटको काम मोटामोटी सकिन लागेको सन्दर्भमा त्यसको निरिक्षण गर्दै शहरी बिकास राज्यमन्त्री रामबीर मानन्धरले यो ल्याण्डफिल साइटले अवको ५० बर्ष सम्मका लागि समाधान दिने बताउनु भयो ।

बन्चरेडाँडामा आउँदो कार्तिक महिनादेखि नै फोहर बिसर्जन गर्न सक्ने गरी काम भै रहेको राज्यमन्त्री मानन्धरले जानकारी दिनुभएको छ ।
ल्याण्डफिल साइटको पहिलो चरणको निर्माणको काम ८५ प्रतिशत सम्पन्न भै सकेकोले मौसमले साथ दिए असोज महिना भित्रै काम सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरिने निर्माण कम्पनी सप्तकोशी जलाधारका साइट इन्चार्ज कमल पोखरेलले बताउनु भयो ।
पहिलो चरणका लागि ३५ करोड रुपैयाँको ठेक्कामा निर्माण भएको ल्याण्डफिल साइटमा सामान्य अवस्थामा फोहर बिसर्जन गर्दा २५ बर्ष र स्यानेटरी ल्याण्डफिल गर्दा कम्तिमा ५० बर्षका लागि यो स्थानमा उपत्यकाको फोहर बिसर्जन गर्न सकिने छ ।
काठमाण्डौ उपत्यकाबाट दैनिक करिव १२ सय मेट्रिक टन फोहर निस्कने गरेको छ ।
