पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७६७ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका ६०२ जना, भक्तपुरका १०१ जना र ललितपुरका ६४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ३२५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ जना पुगेको छ ।
