संसद बैठक बीच मोवाइलमा अश्लील भिडियो हेर्दै मस्त सांसद, थाइल्याण्डमा हंगामा

विविध

संसद बैठक चलिरहेका बेला एक जना सांसद बैठककै बीचमा आफ्नो मोवाइलमा अश्लील भिडियो हेर्दै गरेको अवस्थामा समातिएपछि थाइल्याण्डमा हंगामा भएको छ । बिहीबार संसदमा बैठक पेश भइरहेको बेलामा एक सांसद आफ्नो मोवाइलमा पोर्न हेर्दै गर्दा रंगे हात समातिएका हुन् । सांसदको नाम रोनाथेप अनुवत हो ।

पोर्न हेर्दै गर्दामा उनका कैयौं तस्वीरहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् । बताइए अनुसार संसदमा बजेट सत्र चलिरहेका बेला रोनाथेप अनुवतले आफ्नो मोवाइल निकाले र अचानक त्यसलाई टेबलमुनि राखेर केही हेर्न थाले । उनको यो क्रियाकलाप पत्रकारको नजरमा पर्यो । क्यामेरापर्सनले उनका केही तस्वीर पनि खिचे । जूम गरेर खिचिएका तस्वीरमा सांसद रोनाथेपले आफ्नो मोवाइलमा पोर्न हेरिरहेको प्रस्ट देखियो ।

डेलीमेलको रिपोर्ट अनुसार यो घटनाले हंगामा मच्चिएपछि सांसद रोनाथेपले सफाइ दिएका छन् । उनले आफूलाई एउटा म्यासेज आएको जसमा एक युवतीको नग्न तस्वीर भएको बताएका छन् । सुरुमा उनलाई लाग्यो कि कुनै गुण्डाले युवतीसँग जबरजस्ती गरिरहेको छ । तर, पछि उनले सुने कि ती युवतीले पैसा मागिरहेकी छिन् । त्यसपछि आफूले फोटो डिलिट गरेको उनले सफाइमा बताएका छन् । सरकारी अधिकारीले उनलाई यस विषयमा औपचारिक पत्र लेख्दै स्पष्टीकरण मागेको छ ।

संसदका सभामुख चुआन लिकपाइने भने यो घटना व्यक्तिगत भएको बताएका छन् । उनले मोवाइल बैठक कक्षमा प्रयोग गर्न पाइने कि नपाइने भन्ने कुनै नियम नभएको बताउँदै फोनमा कसले के हेरिरहेको छ भन्ने व्यक्तिगत विषय भएको बताएका छन् । सांसद रोनाथेपविरुद्ध कुनै उजुरी दर्ता गरिएको छैन । थाइल्याण्डको संसदमा यस किसिमको घटना भएको यो पहिलो पटक भने होइन । २०१२ मा पनि सांसद नाट ब्यानटेडटन पनि संसदमा पोर्न फिल्म हेरिरहेका बेला समातिएका थिए ।